site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘सुन्दर’ नोटका डिजाइनर सुन्दर
Sarbottam CementSarbottam Cement

२०३२ सालमा सुन्दर श्रेष्ठले जिन्दगीमा पहिलोपटक हिन्दी चलचित्र ‘अनमोलमति’ हेरे । बडेबडे तस्बिर, बडेबडे मान्छे, अजङ्गका शरीर भएका दर्जनौं भिलेनलाई एकै किकमा हायलकायल पार्ने हिरो देखेर सुन्दरलाई अचम्ममात्रै लागेन, त्यस्तै हिरो हुन मन लाग्यो ।

मन लाग्नु एउटा कुरा, पाउनु अर्कै कुरा । हिरो हुन के गर्नुपर्छ त्यो पनि थाहा थिएन, कहाँ जानुपर्छ त्यो पनि पत्तो थिएन ।  “मलाई कुनै न कुनै रुपमा चलचित्रमा आबद्ध हुने रहर त्यो चलचित्र हेर्दै लागेको थियो, तर कसरी ? त्यो भने मलाई थाहा थिएन,” अबोध उमेरमा देखेको चाह अहिले सुनाउँछन् सुन्दर । 
त्यो सपना त्यतै थाँती बस्यो । 
पेन्टिङमा पनि उनलाई सोख थियो । राजारानीको तस्बिर बनाउँथे । नागपञ्चमीमा पुरोहितले मूलद्वारमाथि टाँसेको नागको तस्बिर हेरीहेरी त्यस्तै तस्बिर कोर्थे । विद्यालयमा हुने प्रतियोगितामा भाग लिन्थे । अन्तर विद्यालयदेखि जिल्ला व्यापी प्रतियोगितामा पनि उनले बाजी मारे ।

पाल्पा जिल्लामै अब्बल भएको प्रतियोगितामा उनले केको तस्बिर कोरे ? जसले सबैलाई पछि पार्यो, आत्मविश्वासको पोयो उचो बनायो । “खोइ केको तस्बिर बनाएको थिएँ, मलाई थाहा छैन, अबिरसँगै माला लगाइदिएको र पुरस्कार रुमालमा पोको पारेर दिएको मात्रै सम्झना छ,” सुन्दरलाई तस्बिरको घुर्मैलो याद नभए पनि त्यो माहोल भने आँखाबाट मेटिएको छैन । तस्बिर जेको होस् र पुरस्कार जति होस्, त्योभन्दा पनि सुन्दरलाई त्यसले कलामा तेजिलो रहेको प्रमाण दिएको थियो । आत्मविश्वासको पारो माथि चढाइदिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

० ० ०
२०३८ साल, सुन्दर एसएलसी दिएर बुटवलमा बसिरहेका थिए । गोरखापत्र दैनिकमा विज्ञापन गर्दै नेपाल राष्ट्र बैंकले चित्रकारका लागि आवेदन आह्वान गर्यो ।  
उनी राष्ट्र बैंकमा जागिर खान भनेर बुटवलबाट काठमाडौंका लागि गाडी चढे । ननअफिसर पद थियो । शैक्षिक योग्यताभन्दा पनि अनुभवलाई प्राथमिकता दिइएको थियो । फ्रि कम्पिटिसन भएकाले थुप्रैले आवेदन हालेका थिए । नेमप्लेटको अक्षर बनाउन भनियो, उनले बनाए । डेपुटी गभर्नर ईश्वरीराज पाण्डे र युदिर थापा थिए । थापाको कोठामा सुन्दरले ईश्वरीराजको तस्बिर उनलाई हेरी हेरी बनाए । 

क्षेत्रपाटीस्थित होटलमा बसेका थिए । रिजल्ट कहिले निस्किन्छ थाहा थिएन । उनी दैनिक क्षेत्रपाटीबाट बालुवाटार पुग्थे रिजल्ट निस्किन्छ कि भन्दै हेर्न । एक महिना बित्यो तर रिजल्ट आएन । 

Global Ime bank

पैसा सकिन थालेको थियो । अब के गर्ने भन्ने समस्या थियो । होटलमा बस्दाबस्दै केही मान्छे चिन्न थालेका थिए । “उनीहरुले मलाई भने, तिमी घर जाउ हामी तिम्रो रिजल्ट हेरर खबर गर्छौं,” सुन्दर ०३८ साल सम्झन्छन्, “जाँदाजाँदै रिसेप्सनको केटीले पनि मलाई चिन्न थालेकी थिइन् । उनले भनिन्, यसरी दिनदिनै आउनु पर्दैन । रिजल्ट निस्किएपछि बोर्डमा टाँस्छ, म खबर गरौंला ।”

खल्ति रित्तियो, खबर पाउने आश्वासन पनि मिल्यो । उनी घर फर्किए पाल्पा । 

गाउँभरी हल्ला फैलिसकेको रहेछ, –सुन्दरले काठमाडौं गएर जागिर खान थालिसक्यो । “त्यो बेला काठमाडौं जानु नै ठूलो कुरा थियो, त्यसमाथि पनि काठमाडौंमा जागिर नै खानु भनेको त नौलो कुरा थियो,” उनी सम्झन्छन्, “त्यो हल्लाले मलाई झनै नैतिक दबाब पर्यो ।” 
नाम निस्किएन भने के गर्ने ? तनाव थियो । 

नभन्दै पास भएछन् । तीन हप्तापछि होटलमा बनाएको साथीले फोन गर्यो । काठमाडौं आएर क्षेत्रपाटीबाट एक मोहर तिरेर सुन्दर बालुवाटार पुगे । राष्ट्र बैंकको पहिलो दिन सम्झन्छन् उनी, “पहिलो दिन नियुक्तिपत्र दिइयो, कर्मचारीहरुलाई चिनाइदियो र बस्ने ठाउँ देखाइदियो ।” उनको दैनिकी सुरु भयो । हाकिमका नेमप्लेट लेखनबाट उनले जागिर सुरु गरे । 

बैंकिङ प्रबद्र्धन समितिको विज्ञापन बनाउँथे । अफिसमा राख्ने राजारानीका तस्बिर बनाए । बाहिरबाट आएका पाहुनालाई दिने उपहारका लागि पेन्टिङ बनाउँथे । कोठा सजाउने पेन्टिङ कोरे । 
२०५३ सालसम्म सुन्दरको जागिर यसैगरी बित्यो । 

०५३ मा राजा वीरेन्द्रको गद्धी आरोहणको २५ वर्ष पुग्दै थियो । त्यही अवसरमा सरकारले रु २५ र रु २५० का नोट निकाल्ने भयो । त्यसका लागि पैसाको डिजाइन गर्नुपर्ने भयो ।  
पैसामा के राख्ने ?

निर्णय गर्ने डिजाइन कमिटी हुन्छ । कमिटीमा पुरातत्व विभागको प्रतिनिधी, भाषाका लागि प्राज्ञ, संस्कृतिविद, मुद्रण व्यवस्थापन विभागका प्रतिनिधी, डेपुटी गभर्नर दुई जना र गभर्नर हुन्छन् । 
० ० ०

२५ को नोटमा कैली गाईको तस्बिर राख्ने डिजाइन कमिटीले निर्णय गर्यो । 

सुन्दर र श्यामबहादुर श्रेष्ठ कैली गाई खोज्न निस्किए । कैली गाईको फोटो खिचेर उनीहरु ल्याउँथे । तर त्यो कैली गाई नभएर जर्सी गाई हुन्थ्यो । काठमाडौंका अधिकांश गौचरनमा गएर गाईको फोटो खिचे, काठमाडौं, भक्तपुर र ललितपुर वरपरका काँठका घरमा पुगेर पनि फोटो खिचे तर ती पनि कैली गाई परेनन् । “हामीले सोचेका थियौं कैली गाई भनेको मोटो खाइलाग्दो हुन्छ भन्ने तर कैली गाई भनेको त लोकल पातलो हुँदोरहेछ,” सुन्दर ०५३ सालमा फर्किए, “दुई महिना खोजेपछि बल्ल कैली गाई भेटियो ।” रु २५ को नोटमा संसद भवन, मन्दिर, टुँडालको तस्बिर खिचे । र, त्यसलाई हेर्दै सुन्दरले नोटको डिजाइन गरे । तस्बिर खिचेर त्यसको कलेक्सन गर्न मात्रै उनलाई धेरै समय लाग्यो । डिजाइनमा भने उनलाई त्यति धेरै समय लागेन । 

नोटको डिजाइन तयार भयो । तर, त्यो नेपालमा छापिँदैन थियो । होलोग्राम कसरी राख्ने र डिजानइनमा थप परिमार्जन गर्नु पनि पर्न सक्थ्यो त्यसैले उनी जर्मनी पुगे । त्यहाँ जाँदा उनले थाहा पाए, पैसा डिजाइन गर्ने व्यक्ति त विशेषज्ञता हासिल गरेका पो हुँदारहेछन् । “त्यहाँ कलर, चित्र, साइजलगायत प्रत्येक विषयका विज्ञ भएर एउटा नोट बनाउँदा रहेछन्,” सुन्दर जर्मर्नीको प्रसंग सुनाउँछन्, “त्यहाँ नेपालको नोट मैले एक्लै डिजाइन गरेको हुँ भन्दा त त्यहाँ त सबै छक्क पर्दै भने, –यस्तो पनि सम्भव छ ।”

सुन्दरको बहुप्रतिभा देखेर जर्मनीको पैसा छाप्ने छापाखानले उनलाई त्यहीँ बस्न आग्रह गर्यो । 

उनले गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ र मुद्रण व्यवस्था विभागका प्रमुख अच्युतप्रसाद बजगाइँलाई के गरौं भनेर सोधे, –उनीहरुले नेपालमै अब नियमित रुपमा डिजाइन चेन्ज गर्नुछ । बस भन्नेबित्तिकै सजिलैसँग नबस्नू भने । 

भर्खर कम्प्युटर आएको थियो । सुन्दरलाई आउँदैन थियो । जर्मनीमा कम्प्युटरमा डिजाइन गर्थे । जर्मनहरु अंग्रेजी बोल्दैन थिए । अर्को समस्या मुटु कमाउने चिसो ! सुन्दर फर्किए नेपाल ।

राष्ट्र बैंकको स्वर्ण जयन्तीमा ०६२ मा राजा ज्ञानेन्द्रको तस्बिर अंकित नोट निकाल्ने निर्णय भयो । सुन्दरले ज्ञानेन्द्रको ढाका टोपी लगाएको डिजाइन तयार पारे । 

० ० ०
०६२–०६३ मा देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो । धेरै राजनीतिक निर्णयहरु भए । नोटमा रहेका राजाका तस्बिर हटाएर सगरमाथाको तस्बिर राखिने भयो । सरकारको लोगो राख्ने निर्णय भयो । सुन्दरले डिजाइन गरे । अहिले चलनचल्तीमा रहेका सबै नोट उनैले डिजाइन गरेका हुन् । कति पूरै उनकै डिजाइन छन् त कति परिमार्जन मात्रै गरिएका छन् । ती सबैमा सुन्दरको कलात्मक कला छ । 

एक रुपैयाँको नोटको डिजाइन भने सुन्दरले गरेका होइनन् । त्यो बेलासम्म एकको नोट छाप्न बन्द भैसकेको थियो, क्वाइन चलनचल्तीमा आइसकेको थियो । 
रु ५ को नोटको कलर उस्तै छ । तर त्यसमा राखिएको याक नेपालकै याकको तस्बिर हो । ५ रूपैयाँको नोटमा दुई वटा चाैंरी गाई छन् । 

राजाको तस्बिर त हटाइयो तर कसको तस्बिर राख्ने ? दर्जनौं पटक दर्जनौं व्यक्तिसँग छलफल भयो । सुन्दरले भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, पृथ्वीनारायण शाह लगायतका तस्बिर राखेर दर्जनभन्दा धेरै डिजाइन गरे । जनताले प्रजातन्त्र ल्याएको भनेर जनताको तस्बिर पनि राखे । फेरि त्यसमा पनि कुन भेग र समुदायका जनता भन्ने विवाद होला भनेर जनताको तस्बिर पनि राखिएन । अन्तिममा संसारले चिनेको सगरमाथा राख्नेमा सबैको सहमति भयो । सुन्दरले राजाको तस्बिर राखिने ठाउँमा सगरमाथाको तस्बिर राखे । पानी छापमा रहेको राजाको टाउको पनि हटाउनुपर्ने भयो । त्यसमा लालीगुराँस राखेर ओभरल्याप गरिदिए । 

हिमालको सगरमाथा पैसामा आयो तर तराईको केही पनि आएन भन्ने गुनासो सुनिन थाल्यो । त्यसैले दुई रुपैयाँको क्वाइनमा हिमाल, पहाड राखेर तराईमा खेत जोत्दै गरेको तस्बिर राखेर डिजाइन गरे ।    

० ० ०
विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय समाचारपत्र ‘द टेलिग्राफ’ले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूची प्रकाशन गर्यो । सूचीमा नेपालका तीन वटा नोट र एक सिक्का संसारकै सुन्दर आकृति भएको नोटको सूचीमा परे । 

विश्वका विभिन्न २२ पैसामध्ये नेपाली ३ नोट र १ सिक्का सूचीमा परे । नेपाली १ रुपैयाँ, ५ रुपैयाँ र ५ सय रूपैयाँ नोटलाई संसारका सबैभन्दा सुन्दर नोटको सूचीमा राखियो । 
नेपाली एक रूपैयाँको नोटमा कुद्दै गरेका २ वटा मृगका बच्चाको तस्बिर छ, यो नोटको डिजाइन भने सुन्दरले गरेका होइनन् । ५ रूपैयाँको नोटमा दुई वटा चौरी गाई छन् । पाँच सयको नोटमा एक जोडी पाटे बाघको चित्र छ । 

“अन्य देशका नोट पनि राम्रा नोटमा परेका छन् । तर एउटै देशका चार–चार वटा भने परेका छैनन्,” सुन्दर भन्छन्, “हाम्रो देशका त्यो पनि हामी आफंैले डिजाइन गरेका नोट पर्नु खुसीको कुरा हो ।” 

चार वर्ष अगाडि मुद्रण व्यवस्थान विभागका प्रमुखले पनि सुन्दरलाई ५० रुपैयाँको नेपालको नोट विश्वकै राम्रो भएको छ भनेका थिए, तर उनले खासै चासो दिएनन् । 

सुरुमा नेपालमा पैसा डिजाइन हुँदैन थियो । पछि उनले आफैले गर्न थाले । डिजाइनको तारिफ हुन थाल्यो । उनी सम्झन्छन्, “सत्यन्द्रप्यारा श्रेष्ठ गभर्नर हुनुहुन्थ्यो, मैले डिजाइान गरेपछि उहाँले भन्नुभयो–देशकै छैन होला यस्तो डिजाइन गर्ने मान्छे भनेको तपाईंले यस्तो राम्रो बनाउनु भयो, खुसी लाग्यो ।”
प्रचण्डले पैसामार्फत् देशलाई चिनाउने काम गर्नुभयो भनेर तारिफ गरे । 

दीपेन्द्रबहादुर क्षेत्रीले सुन्दरको चित्रकला र डिजाइनको पहिचान गरेका रहेछन् । केशवराज आचार्य पनि सुन्दरको कलाले प्रस्फुटन हुने मौका पाउनुपर्छ भन्थे, उनीहरुले नै गभर्नर श्रेष्ठसम्म सुन्दरको डिजाइनको तारिफ गर्दै डिजाइनका लागि मौका दिन सिफारिस गरेका थिए । 

१८ वर्षसम्म सुन्दर राष्ट्र बैंकमा सहायकस्तरमा काम गरिरहेका थिए । २५ र २५० रुपैयाँको नोट बनाएपछि  गभर्नर श्रेष्ठले सुन्दरको बढुवा गरिदिए ।  ०६६ मा उनले राष्ट्र बैंकको जागिर छोडे । अहिले उनी मुद्रा डिजाइन कमिटीको आमन्त्रित सदस्य छन् ।   

० ० ०
सिनेमाको हिरो हुने सपना देखेका उनी ०४१ बाट चलचित्र क्षेत्रमा प्रवेश गरे तर हिरो होइन, डिजाइनर भएर । चलचित्र ‘सन्तान’ को पोष्टर उनले पहिलोपटक बनाएका थिए । अहिलेसम्म उनले साना ठूला तथा भाषाभाषीका गरेर १२ सयभन्दा धेरै चलचित्रका पोस्टर डिजाइन गरिसकेका छन् । 

त्यसो त उनी ठूला–ठूला चित्र पनि पेन्टिङ गर्छन् । पूर्ण रुपमा पेन्टिङलाई समय दिन नसके पनि शोखका रुपमा पेन्टिङ बनाइरहेका छन् । स्कुल पढ्दा २ रुपैयाँमा पेपन्टङ बेचेका सुन्दरले अहिले ६० हजारसम्मको पेन्टिङ गरेका छन् । 

 

\"\"
 

 

\"\"

 

\"\"

 

\"\"

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC