site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कलाकार भीमबहादुर थापाको निधन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकार भीमबहादुर थापाको मृत्यु भएको छ । काठमाडौंको मैतीदेवीमा बस्दै आएका उनको गएराती निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । 

उनले थुप्रै चलचित्र, टेलिचलचित्र र विज्ञापनमा अभिनय गरेका थिए । ६७ वटा कथानक चलचित्रमा काम गरेका थापाले १६३ वटा टेलिचलचित्र र ६५ वटा विज्ञापनमा काम गरेका थिए । त्यस्तै उनले थुप्रै गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले हाँस्य टेलिश्रृखला ‘तीतो सत्य’मा लामो समय काम गरे । “हामीले करिब आठ वर्ष तीतो सत्यमा काम गर्यौं । कलाप्रति समर्पित उहाँ निकै मेहनती हुनुहुन्थ्यो,” कलाकार तथा निर्देशक दीपकराज गिरीले भने, “मलाई र दीपालाई त उहाँ आफ्नै छोराछोरी जस्तै माया गर्नुहुन्थ्यो, दीपाजीलाई त एक साता देख्नुभएन भने किन भेट्न नआएको भनेर कराउनु हुन्थ्यो । पारिवारिक रुपमै हाम्रो आउजाउ थियो ।” 

उनले दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा–२’ पनि अभिनय गरेका थिए । “उहाँले हामीसँगै ‘देवी’मा पनि अभिनय गर्नु भएको थियो,” गिरीले भने ।  नेपाली सेनामा लामो समय काम गरेका उनले दोस्रो विश्व युद्धमा समेत लडेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC