घटना क्रम

यस्तो रह्यो सिंगापुरमा किमको पहिलो सेल्फी

यस्तो रह्यो सिंगापुरमा किमको पहिलो सेल्फी

एजेन्सी । रहस्यमय मुलुक उत्तर कोरियाका शाषक किम जोङ उन बेग्लै छवीका रुपमा चिनिने गरेका छन् । उनीबारे धेरै कुराहरु गोप्य राखिने र उत्तरको आधिकारिक संचारले प्रशारण गर्ने सीमित जानकारी र तस्बिरका आधारमा मात्र उनको व्यक्तित्वबारे केही अनुमान लगाउन सकिने हुनाले पनि उनको जीवनबारे जान्न सबै उत्सुक रहने गरेका छन् । 

यस्तोमा केसीएनएले सार्वजनिक गर्ने सीमित तस्बिरहरुबाट मात्र किमको अवस्था र उत्तर कोरियाली गतिविधिबारे समाचार प्राप्त हुने गरेको थियो । तर केही महिनाअघिदेखि विभिन्न कूटनीतिक समारोहमा भाग लिइसकेपछि भने किमलाई पनि सामान्य राजनीतिज्ञका रुपमा लिन थालिएको छ ।  

यसरी वर्षभरि आफ्ना आणविक हतियार परीक्षण र धम्कीपूर्ण सन्देशका लागि मात्र चर्चामा आउने गरेका किमले आफ्नो सामान्य व्यक्तित्व प्रदर्शन गर्दै मंगलबार पहिलोपटक सेल्फी लिएका छन् । यसरी सिंगापुरका विदेश मन्त्री भिभियन बाल्क्रिस्नन् र शिक्षा मन्त्री ओङ येकुङसँग उनले लिएको सेल्फीलाई अत्यन्तै दुर्लभ दृश्य मानिएको छ । किनकी यसअघिका अधिकांश तस्बिरहरुमा किम आणविक हतियार र मिसाइलका साथ मात्र देखिने गरेका थिए । त्यसकारण उनले सिंगापुरको होटलअगाडि आफ्नो पहिलो सेल्फी लिएर यस ऐतिहासिक माहोलमा अर्को इतिहास रचेको अन्तर्राष्ट्रिय मिडियाले व्याख्या गरेका छन् । अहिले उनको सेल्फीबारे सबैतिर चर्चा भइरहेको छ ।
 

तपाईंको मत