site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
ट्रम्प– किम सम्बन्ध, ध्वस्त पार्ने धम्कीदेखि सफल ऐतिहासिक सम्मेलनसम्म
Sarbottam CementSarbottam Cement

एजेन्सी । गतवर्ष उत्तर कोरियाले अमेरिकासम्म पुग्न सक्ने हालसम्मकै शक्तिशाली मिसाइलको सफल परीक्षण गरेपछि अन्तर्राष्ट्रिय समुदायमा युद्धको सम्भावनाप्रति चिन्ता बढेको थियो । यस क्रममा अमेरिका र उत्तर कोरियाबीच निकै ठूलो भनाभन र अपमानजनक शब्दहरु साटासाट भएको थियो भने दुवैले एकअर्कालाई ध्वस्त पारिदिने धम्की समेत दिइरहेका थिए । त्यतिबेला कसैले पनि अहिलेको सम्मेलन यस प्रकारले सम्पन्न होला भन्ने सोचेको थिएन । 

तर तनावग्रस्त स्थितिमा पनि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले उत्तर कोरियाली खेलाडीहरुलाई प्योङछाङस्थित शीतकालीन ओलम्पिकमा संयुक्त टिमका रुपमा सहभागी हुन प्रस्ताव गरे । त्यसअघि उत्तर कोरियाली नेता किमले पनि नयाँ वर्षको भाषणमा दक्षिणसँगको सम्बन्धमा सुधार ल्याउने इच्छा व्यक्त गरेका थिए । यसरी उत्तर कोरियाले मुनको सो प्रस्ताव स्वीकार गर्दै आफ्ना खेलाडी लगायत उच्च प्रतिनिधि टोलीलाई दक्षिण कोरिया पठाएपछि नै अन्तरकोरियाली सम्बन्धको सुरुवात भएको थियो । यस क्रममा दक्षिण र उत्तरका खेलाडीहरुले एउटै झण्डामुनि संयुक्त सहभागीता जनाएर नयाँ इतिहास रचेका थिए । त्यहीँबाट सुरु भएको उत्तर कोरियाको कूटनीतिक यात्रा अहिले अमेरिकी राष्ट्रपतिसँगको प्रत्यक्ष भेटसम्म पुगेको हो । यसबीच किमले पहिलो विदेश भ्रमण अन्र्तगत दुईपटक चीन पुगि जिङपिङसँग भेट गरिसकेका छन् भने दक्षिण कोरियाली भूमिमा प्रवेश गर्ने उनी पहिलो उत्तर कोरियाली शाषक पनि बनेका छन् । दुईपटकसम्म दक्षिणका राष्ट्रपति मुनसँग भेटवार्ता गरि विश्वसामु दुवैले निकट सम्बन्ध प्रस्तुत गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कुनै समय असम्भव मानिएको जुन १२ को वार्ता सफलतापूर्वक सम्पन्न गराएर उत्तर कोरिया र अमेरिकाले नयाँ सम्बन्धको सुरुवात गर्ने प्रतिबद्धता जनाइसकेका छन् । पहिलोपटक दुवैले एकअर्कासँग हात मिलाउँदै न्यानो अभिवादन दिएका थिए । यसपछि भएको लामो कूटनीतिक छलफल पश्चात् दुवै एकसाथ खानपिन कार्यक्रममा सहभागी भएका हुन् ।

खानपिन कार्यक्रमको अन्त्य भइसकेपछि पनि ट्रम्प र किम दुवै एकसाथ होटलको परिसरमा कुरा गर्दै हिँडेको दृश्यले फेरि उपस्थित सबैलाई अचम्मित पारेको हो । त्यसै क्रममा संचारकर्मीहरु समक्ष सकारात्मक प्रतिक्रिया दिँदै ट्रम्पले यो सम्मेलन अपेक्षा गरेभन्दा धेरै सफल भएको बताए । यसपछि उनले केही गम्भीर मुद्दामा दुवैले सम्झौता गर्ने तय भएको जानकारी दिएका थिए । 

Global Ime bank

यस सम्मेलनलाई सफल बनाउन प्रमुख भूमिका निर्वाह गरेका दक्षिण कोरियाली राष्ट्रपतिले भने उत्साह र डरका कारण आज रातभर सुत्न नसकेको बताएका हुन् । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  ०६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC