site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं : केसी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायवादविरुद्ध लड्न तयार भएर बस्नुपर्ने बताएका छन् । 
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सभापति देउवालाई पार्टीलाई एक ढिक्का भएर अघि बढाउन आफूले समेत पटक पटक आग्रह गरेको जनाए । उनले भने, “सभापतिको नाताले उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, सबै नेताहरुलाई मिलाउनुपर्छ, पार्टीलाई संरचनागत रुपमा चलाउनुपर्छ, त्यो अहिले सभापतिजीले सक्नुभएको छैन, यदि उहाँ मिल्न तयार हुनुभएन भने हामी संघर्ष गर्न तयार छौं ।”

उनले सभापति देउवाले पदाधिकारी मनोनित एकलौटी ढंगले गर्नु निरंकुशताको अभ्यास भएको आरोप लगाए । नेता केसीले आगामी पाँच वर्षभित्र पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न सक्ने तागत आफूहरुसँग रहेको पनि जिकिर गरे । 

उनले भने, “तर यसको लागि हामीभित्रै सुधारको आवश्यकत्ता छ, हामी सुधारवादी आन्दोलन गर्न गर्छौं, कांग्रेस थाकेको छैन, कसैले भगाएर पनि भाग्दैन।”

Agni Group

ईतिहासमा कांग्रेस कहिल्यै नचुकेको पनि उनले बताए ।  केसीले पार्टी सभापति देउवाको कार्यशैली, सामन्तवादी प्रवृत्ति र स्वेच्छचारीको आफू विरोधी रहेको बताउँदै यही तरिकाले पार्टीले पूर्नजिवन नपाउने समेत ठोकुवा गरे । 

नेता केसीले आफू सभापतिले तत्काल राजीनामा दिनुपर्छ भन्ने पक्षमा नरहेको पनि सुनाए । बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र आफूबीच पछिल्लो समय भएको सहमति पार्टीलाई एक ढिक्का बनाउनको लागि नै भएकोले सभापति देउवापनि सहमतिमा आउनुपर्ने उनको माग छ। उनले भने, “पार्टीमा गम्भीर चूनौतिहरु छन्, अब हामीले एम्बिसन होईन, मिशन लिएर अघि बढ्नुपर्छ, अनिमात्रै हामी अहिलेको चूनौतिसँग लड्न सक्छौं ।”

Global Ime bank

पार्टीका सम्पूर्ण नेताहरु एक ढिक्का भएर जानुको विकल्प नभएको केसीको भनाई छ । 

कांग्रेस ईतिहाँसकै कालखण्डमा अत्यन्तै चूनौतिपूर्ण अवस्थामा रहेकोले आफूहरुले अहिले संयमित भएर आफ्नो भूमिका निर्वाह गरेको केसीले जनाए । उनले भने, “हामी बजेट पेश गर्दा सुटकेश फोर्ने प्रतिपक्ष पनि होईनौं, हामी त लोकतान्त्रिक मर्यादा, परम्परा र सुसंस्कृतलाई ख्याल राख्दै आफ्नो भूमिका निर्वाह गर्छौं ।”

समृद्ध नेपाल र सुखी नेपाली सबैको एजेण्डा भएकोले वर्तमान सरकारको काम हेर्नुपर्ने उनको भनाई थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  ०६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC