site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सिंगापुर बैठकको परिणामसँग कत्तिको सन्तुष्ट छन् दक्षिण कोरिया, चीन र जापान ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । राष्ट्रपति ट्रम्प र किमबीचको ऐतिहासिक भेटवार्ता सफलतापूर्वक सम्पन्न भएपनि यसप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया भन्ने भिन्दाभिन्दै रहेको सीएनएनले जनाएको छ । बैठकपछि अहिलेसम्मकै लामो पत्रकार सम्मेलन गरि ट्रम्पले हस्ताक्षर गरिएको सम्झौतामा अमेरिकाले उत्तर कोरियाको सुरक्षा सुनिश्चित गरेवापद् उनीहरुले पूर्णरुपमा निशस्त्रीकरण गर्ने प्रतिवद्धता जनाएको बताएका हुन् । तरपनि यस विषयमा सम्बन्धित राष्ट्र चीन, दक्षिण कोरिया र जापानले भने निकै फरक धारणा व्यक्त गरेका छन् । 

पत्रकार सम्मेलनकै क्रममा ट्रम्पले उत्तर कोरियामाथिको प्रतिबन्ध अझै जारी रहने जानकारी पनि दिएका हुन् जसप्रति चीनले असहमति जनाएको छ । उत्तर कोरियाले पूर्ण रुपमा निशस्त्रीकरण गर्ने प्रतिबद्धता जनाइसकेकाले संयुक्त राष्ट्र संघ र अमेरिकाले पनि प्रतिबन्धको मामिलामा केही राहत प्रदान गर्नुपर्ने चिनियाँ विदेश मन्त्रीका प्रवक्ता गेङ स्वङले बताए । चीनले यसअघि पनि प्रतिबन्ध उत्तर कोरियाको मुद्दा सुल्झाउने उचित उपाय नभएकोमा जोड दिँदै आएको छ । त्यसकारण संयुक्त राष्ट्रले उत्तर कोरियाको वार्ता र सम्झौतामार्फत समस्या समाधान गर्ने शान्तिपूर्ण कदमको समर्थन गर्नुपर्ने उनले बताएका हुन् ।
अर्कोतर्फ ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास अमेरिकाका लागि धेरै महङ्गो र उत्तर कोरियाका लागि पनि आपत्तिजनक विषय भएकाले अमेरिकी सेनालाई कोरियाबाट फिर्ता बोलाउने बारे सोचिरहेको बताएका हुन् । यसरी बैठकको पूरा श्रेय पाइरहेको दक्षिण

Prabhu Bank
Agni Group
NIC Asia

कोरिया यस सम्मेलनको सफलताबाट सबैभन्दा धेरै खुसी भएपनि ट्रम्पको यस भनाइप्रति भने उनीहरुले असन्तुष्टि जनाएका छन् । त्यसकारण अहिले दक्षिणको राष्ट्रपति कार्यालयले ट्रम्पको भनाइको वास्तविक मतलब र उद्देश्यबारे स्पष्ट हुन चाहेको उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनकै क्रममा ट्रम्पले आफ्ना नजिकी मित्र जापानका प्रधानमन्त्री सिन्जो आबेले लगातार उठाउँदै आएको जापानीहरुको अपहरणको मुद्दालाई पनि किमसम्म पुर्याएको बताएका हुन् । यसैबारे प्रधानमन्त्री आबेले खुसी व्यक्त गर्दै ट्रम्पलाई धन्यवाद दिएका छन् भने सम्मेलनबारे ट्रम्पबाटै पूरा जानकारी प्राप्त गर्न इच्छुक रहेको बताएका छन् । 

उता ट्रम्पले भने आफ्नो अडान विपरित कुरा गर्दै किमप्रति पूरा विश्वास रहेको उल्लेख गरि सबैलाई आश्चर्यमा पारेका हुन् । कुनैसमय उत्तर कोरियामाथि अत्यन्तै कडा स्वभाव प्रकट गरेका ट्रम्प अहिले तिनै किमप्रति अति नम्र हुँदै निरन्तर उनको समर्थनमा बोलिरहेको बताइएको छ । किमले साँच्चिकै आफ्ना नागरिकहरुका लागि केही उपलब्धीमूलक कार्य गर्न चाहेको भन्दै उनलाई ह्वाइटहाउस निम्ता गर्नमा पनि कुनै समस्या नभएको ट्रम्पको भनाइ छ । ट्रम्पका अनुसार उत्तर कोरियासँग समृद्धि र विकासको धेरै सम्भावना भएकाले अमेरिकाले पनि भविष्यमा सक्दो सहयोग गर्नेछ । यसका साथै उनले आफ्ना आलोचकहरुलाई आजको सम्मेलनमा सहभागी भएर आफूले केही नगुमाएको सन्देश समेत दिएका हुन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC