स्वास्थ्य स्थितिका कारण पेले रसिया विश्वकपको उद्घाटन समारोहमा भाग लिन नसक्ने

स्वास्थ्य स्थितिका कारण पेले रसिया विश्वकपको उद्घाटन समारोहमा भाग लिन नसक्ने

एजेन्सी । ब्राजिलियन फुटबल लेजेन्ड पेले जुन १४ को विश्वकप उद्घाटन समारोहमा आफ्नो स्वास्थ्य स्थितिका कारण उपस्थित हुन नसक्ने बताइएको छ । यसअघि २०१८ विश्वकपका सबैभन्दा विशिष्ट अतिथिका रुपमा बोलाइएकाले जुन १४ मै उनको भ्रमण निर्धारित गरिएको थियो । तर अन्तिम समयमा कमजोर स्वास्थ्यका कारण कार्यक्रम रद्द गराउनुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका हुन् ।

यसबारेमा मंगलबार उनका प्रवक्ताले भने, ‘उनको खुट्टामा गम्भीर समस्या देखा परेको छ र उनी बिरामी छन् ।’ ७७ वर्षीय पेलेले यसअघि नै खुट्टा र हड्डी सम्बन्धि विभिन्न शल्यक्रिया गराइसकेका छन् जसकारण पछिल्लो समय उनी सार्वजानिक स्थानमा अत्यन्तै कम देखा पर्ने गरेका हुन् । यसअघि भने उनले ब्राजिलको टिमप्रति चिन्ता व्यक्त गर्दै बयान दिएका थिए । 

नोट– यसअघि भुलबस पेले रसिया पुगिसकेको सम्बन्धी समाचार सम्प्रेषण भएकोमा क्षमाप्राथी छौं । सम्पादक 
 

प्रतिकृया दिनुहोस