site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आरके ज्वेलर्सका सुनचाँदी जफत, करिब २० करोडको रहेको अनुमान, अब के हुन्छ ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । राजेन्द्रमान शाक्यले न्युरोड र दरबारमार्गमा सञ्चालन गरेको आरके ज्वेलर्समा गृह मन्त्रालयका सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले छापा मारेर सबै सुनचाँदी लगायतका गरगहनासहित सबै सामग्री जफत गरेको छ ।
समितिले पसलमा शीलबन्दी पनि गरेको छ । 

न्युरोड विशालबजारमा रहेका दुई पसल र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा अनुसन्धान टोलीले विभिन्न निकायको रहोबरमा छापा मारेको थियो । समितिका एक सदस्यले बाह्रखरीसँग कुरा गर्दै भने–‘सुनसहित ३५ प्रकारका धातु जफत गरिएको छ । जसको मुल्य २० करोड आसपास हुनसक्ने अनुमान गरेका छौं ।”

Agni Group

छापा मार्न पुगेको टोलीमा विशेष अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधि पनि सहभागी थिए । 

ज्वेलर्सका सञ्चालक शाक्य यसअघि नै पक्राउ परेर पूर्पक्षका लागि मोरङ कारागारमा छन् । यसअघि शुक्रबार प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो । अनुसन्धान टोलीका एक सदस्यले जफत गरिएको सुनको बिस्तृत अनुसन्धान गरिने जानकारी दिए ।

Global Ime bank

सुनका सबै कागजात हेरेर थप विवरण भन्न सकिने उनले बताए । गोरेको समुहले भित्र्याउने गरेको अवैध सुनमा श्रेष्ठको पनि लगानी रहेको अनुसन्धान टोलीले औल्याएको थियो ।

माघ ९ गते दुबईबाट नेपाल ल्याइएको भनिएको अवैध साढे ३३ किलो सुन एकाएक गायब भएपछि यो विषय सार्वजनिक भएको थियो । त्यसैसँग जोडेर सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयले अनुसन्धान टोली बनाएको छ । टोलीले यसअघि नै ६३ जनालाई दोषी ठहर गरेको छ भने आफ्नो अनुसन्धान पनि जारी राखेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  ०५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC