ट्रम्प–किमको भेटवार्तामा डेढ सय करोडभन्दा बढी खर्च गर्दै

ट्रम्प–किमको भेटवार्तामा डेढ सय करोडभन्दा बढी खर्च गर्दै

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका तानाशाह शासक किम जोङ–उनबीच मंगलबार सिंगापुरमा भेटवार्ता हुन गइरहेको छ । भेटवार्ताका लागि दुवै नेताहरु आइतबार नै सिंगापुर पुगिसकेका छन् । 

अमेरिका उत्तर कोरियाका राष्ट्र प्रमुखबीच हुन गइरहेको ऐतिहासिक सम्मेलनका लागि सिंगापुरले झण्डै २० मिलियन सिंगापुर डलर खर्च गर्न गइरहेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री ली शियेन लुङले सम्मेलनमा झण्डै २० मिलियन सिंगापुर डलर खर्च गरिने बताएका छन् । 

नेपाली मुद्रामा उक्त रकम डेढ सय करोड रुपैयाँभन्दा बढी हुन आउँछ । सिंगापुरका प्रधानमन्त्री लुङका अनुसार उक्त रकम मध्ये झण्डै आधा रकम सुरक्षामा खर्च गरिने भएको छ । यसअघि उत्तर कोरियाले अमेरिकासँगको सम्मेलनका लागि सिंगापुरमा हुने खर्च ब्यहोर्नु नसक्ने बताएका थियो ।  

उत्तर कोरियाली शासक किमले सिंगापुरका प्रधानमन्त्री ली शियेन लुङसँगको भेट पछि ट्रम्पसँगको शिखर सम्मेलनमा कुनै सम्झौताका भइहाले इतिहासले सिंगापुरको स्मरण गर्ने प्रतिक्रिया दिएका छन् । अमेरिकाले शिखर सम्मेलनमा उत्तर कोरियाली शासक किमबाट परमाणु हतियार छोड्नका लागि प्रतिवद्धता चाहेको छ । 
https://www.bbc.com/hindi/international-44430156

प्रतिकृया दिनुहोस