‘रेस–३’ हेर्न नेपालीलाई सलमानको आग्रह

‘रेस–३’ हेर्न नेपालीलाई सलमानको आग्रह

काठमाडौं । बलिउड अभिनेता सलमान खानले नेपाली दर्शकलाई आफ्नो चलचित्र ‘रेस–३’ हेर्न आग्रह गरेका छन् । चलचित्र रिलिजको पूर्वसन्ध्यामा एक भिडियोमार्फत उनले नेपालीलाई संबोधन गर्दै ‘रेस–३’ हेर्न आग्रह गरेका हुन् ।

चलचित्र ‘रेस–३’ जुन १५ गतेबाट रिलिज हुँदैछ । जुन १५ मा कुनै पनि नेपाली चलचित्र रिलिज हुने छैनन् । ‘रेस–३’ को नेपाल प्रदर्शन राइट्स गोपीकृष्ण मुभिजले लिएको छ । नेपालबाट सलमान अभिनित चलचित्रले करोडौं रुपैयाँ कलेक्सन गर्दै आएका छन् । 

रेमो डिसूजाले निर्देशन गरेको चलचित्रमा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाह लगायत मुख्य भूमिकामा छन् । 

प्रतिकृया दिनुहोस