site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आरके ज्वेलर्समा छापा, सुनचाँदीसहित सबै सामान जफत
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राजेन्द्रमान शाक्यले न्युरोड र दरबारमार्गमा सञ्चालन गरेको आरके ज्वेलर्समा सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले छापा हानेको छ । न्युरोडका दुई र दरबारमार्गको एउटा पसलमा छापा हानेर त्यहाँ रहेको सुन, चाँदी, हीरालगायत सबै सामान जफत गरिएको टोलीमा रहेका एक सदस्यले जानकारी दिए ।   

छापा हान्ने टोलीमा विशेष अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधि पनि सहभागी थिए । छापा हान्नका लागि सो टोली सुरक्षाकर्मीसहित सोमबार दिउँसो न्युरोड र दरबारमार्ग पुगेको थियो ।

ज्वेलर्सका सञ्चालक शाक्य यसअघि नै पक्राउ परेर पूर्पक्षका लागि मोरङ कारागारमा छन् । यसअघि शुक्रबार प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०७५  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC