साहित्य
काठमाडौं । मनोज गजुरेल स्टारर चलचित्र ‘सयकडा दश’ इन्डकल्याप भएको छ । चलचित्र काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा छायांकन गरिएको छ ।
छायांकन सकिएसँगै निर्माण पक्षले अमृत ढुंगाना र डेब्यु नायिका करुणा श्रेष्ठ फिचर्ड फस्टलुक सार्वजनकि गरेको छ । पहिलोपटक अमृत र करुणाले जोडी बाँधेका हुन् ।
मंसिरमा रिलिज हुने भनिएको चलचित्र भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणका लागि पात्रले गर्ने संघर्षको कथा हो ।
गजुरेलसँगै राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा, मानस्वी निरौला लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २८, २०७५ ०७:५०
प्रतिक्रिया दिनुहोस्