ad

साहित्य र कला

काव्योत्सवमा शान्ति गीत

काठमाडौँ । अनेसास नेपाल शाखा, काव्य उत्सवले शनिबार शान्तिसम्बन्धी गीत तथा कविता, गजल, हाइकु र मुक्तक प्रस्तुत गरेको छ । 

कार्यक्रममा अनेसास नेपालका उपाध्यक्ष उन्नति बोहरा शिलाले आफ्नै शब्द, शम्भुजित बाँस्कोटाको संगीत र कर्णदासको स्वर रहेको ‘शान्ति तिमी फर्किआऊ’ भन्ने गीत प्रस्तुत गरे । अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं अनेसास नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले अनेसास केन्द्रको कार्यसमितिका अध्यक्षमा आफ्नो उम्मेदवारी रहने भएकाले सहयोगका लागि आग्रह गरे । 

सो अवसरमा किरण प्रधान, बाबा बस्नेत, सन्ध्या पहाडी, किरण पौडेल, हिमाल भट्टराई, रञ्जना निरौला, पारिजात भण्डारी, पुष्प खनाल, प्रकाश सुवेदी, कल्पना प्रसाईँ, मेनका लामा, कमला वली, अर्जुन थापा, गीता मैनाली, शान्तिराम ढकाल र ऋषि बरालले आआफ्ना रचना प्रस्तुत गरेका थिए । रासस

तपाईंको मत