site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
५ वर्षभित्रै प्रचण्ड नै कार्यकारी राष्ट्रपति !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानको व्यवस्थाअनुसार नै निकास खोजिने स्पष्ट पारेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले सभामुख र उपसभामुख फरक फरक पार्टी र लिङ्गको हुनुपर्ने भनेर आवाज उठिरहेको बताउँदै भने, “यो विषयमा कानूनविद्हरुसँग छलफल गर्छौं, नयाँ परिस्थिति अनुसार प्रतिपक्षसँगपनि छलफल नयाँ सहमतिका साथ अघि बढ्छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आकस्मिक रुपमा पार्टी एकता भएकोले एकीकृत पार्टी बनिसकेपछि अब नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाए । 

उनले भने, “सभामुख र उपसभामुखको निर्वाचन हामी दुई पार्टीबीच एकता हुनुपर्व नै भएको हो, त्यतिखेर छुट्टाछुट्टै पार्टी भएकोले संविधानको मर्म अनुसार नै हामी अघि बढेका थियौं, अब नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्छौं, यसका लागि सबै पक्षसँग छलफल गरेर उचित निकास निकाल्छौं ।”

Global Ime bank

नेता पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा आफूहरुले संविधान बनाउँदा नै फरक मत राखेको स्मरण गराउँदै भने, “यो विषय मरिसकेको छैन, संविधान जारी गर्दै गर्दापनि यो विषयमा हाम्रो पार्टीले फरक मत राखेको हो, लोकतन्त्रमा छलफल नै गर्न नहुने भन्ने हुँदैन, अहिले यो विषयबारे चर्चा भएको छ, तर हाम्रो पार्टी नेकपाभित्र यसले कुनै आकार लिएको छैन् ।”

उनले भने, “अहिले व्यक्तिगत कुरा नगरौं, व्यक्तिको विषयमा कुरा गर्दा अलिक हतारो पनि हुन्छ, तर प्रचण्ड कार्यकारी राष्ट्रपति बन्न योग्य हुनुहुन्छ, यदि यो प्रणालीमा भोलि कुनै तरिकाले गयौं भने स्वभाविक रुपमा प्रचण्ड नै सशक्त उम्मेद्धवार हो ।”
उनले आगामी पाँच वर्षभित्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने ठोकुवा समेत गरे । 

यद्धपी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आगामी पाँच वर्षसम्मको लागि भएको उल्लेख गर्दै भने, “एकता हुँदाखेरि नै हामीबीच सरकार आलोपालो चलाउने सहमति भएको हो, ओलीले अढाई वर्ष प्रधानमन्त्री चलाउने र बाँकी प्रचण्डले चलाउने, यही पाँच वर्षको अवधिभित्रै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था लागु भए प्रचण्ड राष्ट्रपति बन्नुहुन्छ ।”

नेता पौडेलले अभियोग लाग्दैमा कोही पनि अपराधी नहुने तर्क गर्दै सहमतिका साथ पारित भएको प्रतिनिधिसभा सञ्चालन नियामावलीले राजनीतिक संस्कारको विकास गरेको स्पष्ट पारे । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC