site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालको संविधान, २०७२ को धारा ९१ को उपधारा (२) मा ‘प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये  एक जना महिला हुनुपर्ने ‘ व्यवस्था छ । त्यहीअनुसार प्रतिनिधि सभामा महिला उपसभामुख छन् । यही उपधारामा ‘प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरकफरक दलको प्रतिनिधि हुनु पर्नेछ‘ भन्ने वाक्यांश पनि छ । प्रतिनिधि सभाको सभामुखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रतिनिधि र उपसभामुखमा तत्कालीन नेकपा (एमाले)का प्रतिनिधि निर्वाचित भएका छन् । यी दुवै दलको एकतापछि सभामुख र उपसभामुख पनि एउटै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि हुनपुगेका छन् । संविधानको धारा १८२ को उपधारा (२) मा प्रदेश सभाका हकमा पनि यस्तै व्यवस्था छ । त्यसैगरी पार्टी एकतापछि प्रदेश नम्बर – २ बाहेक अरू प्रदेशमा एउटै पार्टीका सभामुख र उपसभामुख रहेका छन् ।

संविधानको प्रावधानअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ६ वटा प्रदेश र प्रतिनिधि सभामा सभामुख र उपसभामुखमध्ये एउटा पद छाड्नुपर्ने देखिन्छ । तर, नेकपाका नेताहरूले भने कुनै पद पनि छाड्न नपर्ने तर्क गर्न थालेका छन् । उनीहरूका अनुसार प्रतिनिधि सभाका सभामुख र उपसभामुखले पार्टीबाटै राजीनामा दिइसकेकाले सभामुख र उपसभामुख पदबाट राजीनामा दिनुपर्दैन । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ (१) को (क)मा भने सभामुख र उपसभामुख निर्वाचित भएपछि दिइएको राजीनामालाई दल त्याग नमानिने व्यवस्था छ । यसरी हेर्दा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक पार्टीबाट हुनुपर्ने स्पष्ट व्यवस्था संविधानमा भएको देखिन्छ । विडम्बना, संविधान पालना गर्न र गराउन सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने सत्तारुढ दलका नेताहरू भने संवैधानिक व्यवस्थालाई रकमी तर्कको सहारामा मिच्न उद्यत देखिएका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

संविधानमा भने प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुखहरू दलका प्रतिनिधि हुने स्पष्ट देखिएको छ । संविधानको धारा ९२ उपधारा (२)मा ‘ उपधारा (१) बमोजिम निर्वाचन गर्दा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ‘ भन्ने उल्लेख भएको छ । यस उपधारामा प्रतिनिधि सभा वा प्रदेश सभाका सभामुख उपसभामुखको निर्वाचनमा जस्तो ‘फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ‘ भन्ने लेखिएको छैन । यसले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा दल विशेषको प्रतिनिधि नभए पनि हुने तर सभामुख र उपसभामुख भने दलकै प्रतिनिधि हुने व्यवस्था संविधानले गरेको देखिन्छ । संविधानको यही धाराले पनि अहिले प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा एउटै दलका प्रतिनिधि सभामुख र उपसभामुख रहेको स्पष्ट हुन्छ । 

संविधानको सम्मान गर्ने हो भने प्रतिनिधि सभा र ६ वटा प्रदेश सभाहरूबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एउटा पद रिक्त गराएर फरक दलको प्रतिनिधि निर्वाचित हुने बाटो खोल्नु उचित र आवश्यक देखिन्छ । सरकारसँग दुईतिहाइ बहुमत छ । संविधान वा कानुनका कुनै व्यवस्थाले सरकारलाई अप्ठेरो परे संशोधन गरेर आफूअनुकूल बनाए हुन्छ । त्यसो गर्दा नैतिक प्रश्नमात्र उठ्ने हो । तर, कानुन र संविधानमै स्पष्ट लेखिएका विषयमा पनि बलमिच्याइँ गर्दा भने त्यसको दीर्घकालीन नकारात्मक असर देशको लोकतन्त्रमा पर्ने निश्चित छ । संविधानको अक्षर, भावना र मर्मलाई सत्तारुढ दलले नै रकमी तर्कका भरमा उल्लंघन गर्ने हो भने मुलुकमा विधिको शासन पाखण्ड सिद्ध हुनेछ ।  देशलाई समृद्ध बनाउने सपना देख्ने सत्तारुढ दलको लोकतन्त्रका विधि र प्रक्रिया मिच्ने नियत नहुनुपर्ने हो । लोकतान्त्रिक विधि र प्रक्रिया मिचेर मुलुक समृद्ध हुनै जो सक्तैन । संविधानप्रति इमानदार हुने कि रकमी तर्क दिएर बलमिच्याइँ गर्ने भन्ने चाहिँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै रोजाइ हो ।     

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC