site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डीएसपी प्रजित केसीलाई गोरेको आश्वासन– म डीआईजी बनाइदिउँला (अडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । हराएको  भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याको विषय पाँच महिना पुग्दासमेत अझै सेलाएको छैन । गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान समितिले यस विषयमा अहिले पनि अनुसन्धान जारी राखेको छ ।

सनम शाक्यको यातनाका क्रममा मृत्यु भएपछि महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसीको टोली अनुसन्धानका लागि भन्दै धरानतर्फ गएको थियो ।

Agni Group

सोही क्रममा सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सँग डीएसपी केसीले गरेको कुराकानीको अडियो बाह्रखरीले प्राप्त गरेको छ ।

उक्त अडियोमा गोरेले डीएसपी केसीलाई डीआईजी बनाइदिने आश्वासन दिएका छन् ।

Global Ime bank

यस्तो छ गोरे र केसीबीचको मोबाइल वार्ता 

डीएसपी प्रजित : भरे बेलुकी त भेट भइहाल्छ नै, भेटेर कुरा गरौंला नी ।
गोरे : पहिले तपाईं–हामी त्यो भन्ने मान्छे... त्यो गरौं... 
गोरेले कुरा सक्न नपाउँदै प्रजित : मैले भन्न खोज्या के भने सुन न यस्तो हो के, तिम्रो त्याँ.. धेरै उता लग्या छ नि त
गोरे : हैन उले लग्यो 
प्रतिज : (गोरेले कुरा सक्न नपाउँदै) होइन, सुन भेट्टाएपछि त हामीले त्यो पनि त खुलाउन सकिन्छ नि त, त्यसले तिम्लाई भार पर्दैनथ्यो नी त ।
गोरे : हैन म फुल्ली... म त्यो भन्दाखेरी ह्याँ घर यताउति सबैबाट मलाई आउँछ । मेरा कामदारहरु हुन् । 
प्रजित : अँ.. त्यै त, अरु तिम्ले के मिलाउँछौ, मिलाऊ, ठिकै छ नभए... ।
गोरे : सुन्नु न 
प्रजित : सुन भेट्यो भने भेट्यो, नत्र क्यै छैन
गोरे : तपाईंलाई मेरो... त्यसमा केही भएन
गोरे : डन !
प्रतिज : भोलि पैसा रेडी गर उताको के मिलाउने हो, हामी मिलाउँला, बाँकी उतै आएर बसौं, उहीँ कुरा गरौंला
प्रजित : त्यो फोटो राम्रोसँग पठाउ त, त्यस्तै पर्यो भने त्याँ त्यो गाडी गैराबेला चेक भयो भने मेरो हो छोड भन्ने अवस्था पनि आउनसक्छ मलाई, अप्ठ्यारो पर्यो भने 
गोरे : हैन गाडी नदेखाउने, एउटा जंगलमा म कहीँनीर ठाउँ बनाउँछु, त्यै लगेर उल्ले मान्छे देखाउँछ । 
प्रजित : ए ल ल..
गोरे : त्यो सजिलो हुन्छ नी । 
प्रजित : त्योभन्दा अगाडि नै केही भएर फेरि हाम्लाई त यसो–यसो गर्न आइराछ भन्ने आएपछि हामी फस्छ नि त्यो विचार गर ।
गोरे : अहिले मैले एकदमै मैले बचाएर राखीराछु, ढुक्क हुनुहोस्
प्रजित : हैन को–कोसँग कुरा गरे भन्दोरैछ, कुरा गर्यो भने त फसिन्छ साथी पछि । पैसाको कुरा पनि नगर अहिले
गोरे : छैन छैन, कोहीसँग
प्रजित : फेरि अरुले पनि कुरा गर्ला । 
गोरे : गर्दैन, गर्र्दैन, तपाईं ढुक्क हुनुहोस् न
प्रजित : हामीले पनि पुलिसमा जागिर खानुपर्छ पछि
गोरे : सुन्नु न,
प्रजित : अँ
गोरे : तपाईंको के पोष्ट हो ?
प्रजित : मेरो त डीएसपी हो 
गोरे : ल ठिक छ, तपाईंलाई म डीआईजी बनाउँला, सिद्द्यो
प्रजित : अँ ल ल, ओके ल राखेँ है त 
गोरे : ल ल

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC