site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
बालबालिकाले स्क्रिनमा कति समय बिताउनु उचित ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । अहिलेको आधुनिक युगमा डिभाइस र स्क्रिनमा बिताइने अधिक समय हरेक परिवारमा निराशाजनक समस्या बनिरहेको छ जसको वास्तबिकताबारे धेरै आमाबाबुहरुको जिज्ञासा रहेको छ । चाहे त्यो तीनवर्षे बालकको हातबाट आइप्याड खोस्दा उसको झुठो रुवाई होस् या सात वर्षकोले रातभर युट्युब हेर्ने, नौ वर्षकोले आफ्नो छुट्टै मोबाइलको माग गर्ने, एघार वर्षकोले १८–रेटेड गेम खेल्न झगडा गर्ने, १४ वर्षकालाई इन्स्टाग्रामको लत लाग्ने जस्ता बाल्यकालदेखि किशोरावस्थाको हरेक चरणमा अहिले बाबुआमाले यस्ता चुनौतीको सामना गर्नुपरिरहेको छ । 

केही वर्षअघिसम्म पनि बाबुआमाको चिन्ता केबल ६ वर्ष मुनिका बच्चालाई कति घण्टा टीभी हेर्न दिने भन्नेमा केन्द्रित थियो । तर अहिले भने बिना कुनै डिभाइस परिवारले सँगै समय बिताउनु नै धेरै चुनौतीपूर्ण भइसकेको छ । त्यसैले दैनिक थोरै समय मात्र स्क्रिन अगाडि बस्न दिने बाबुआमाले शनिबारको दिन त्यसैलाई चार घण्टा पार्नु उचित हो वा होइन अथवा दिनमा तीन पटक २० मिनेट प्रयोग गर्न दिने वा एकैपटक लामो समय हेर्न दिने भन्नेमा ठूलो द्विविधा रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

धेरै आमाबाबुले आफ्नो १८ महिने बच्चाहरुले डिनर अगाडि उनीहरुलाई मन पर्ने कार्टुनका केही एपिसोड हेर्दा केही असर गर्छ कि गर्दैन भन्ने प्रश्न गरेकामा अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले अहिले एक घण्टाको गुणस्तरीय कार्यक्रम ६ वर्षभन्दा मुनिका लागि उपयुक्त हुने बताएको छ । तर कति समय भन्दा पनि के हेरिरहेको छ भन्ने धेरै जरुरी हुने हुनाले बालबालिकाले सामान्य टेलिभिजन अथवा सामाजिक संजाल वा कुनै भिडियो गेम, के हेरिरहेका छन् र कुनमा कति समय बिताइरहेका छन् भन्नेमा ध्यान दिनुपर्ने मनोचिकित्सक जोसेलिन ब्रिउअरको भनाइ छ । पहिले पहिले बच्चाहरुले केही सिक्छन् र केहीबेर रमाइलो मान्छन् भनेर मोबाइल लगायतका डिभाइस देखाइन्थ्यो तर त्यसप्रतिको निर्भरता बढ्दै गएपछि भने बाबुआमा ठूलो चिन्तामा पर्ने गरेका छन् । 

यसबारे अक्सफोर्ड इन्टरनेट इन्स्च्युट एण्ड कार्डिफ युनिभर्सिटीले २० हजार बाबुआमाहरुमा गरिएको अध्ययनपछि गतवर्ष प्रकाशन गरेको रिपोर्टमा बालबालिकाहरुले डिभाइसमा बिताउने समयको उनीहरुको व्यक्तिगत अवस्थासँग कुनै सम्बन्ध नरहेको देखाएको छ । यसमा सम्पूर्ण परिवार एकैसाथ डिभाइस प्रयोग गरिरहेको वा बालबालिका एक्लाएक्लै बसी चलाइरहेको भन्ने पनि महत्वपूर्ण रहेको बताइएको छ । 

Global Ime bank

त्यसैगरी युनिभर्सिटी अफ मिचिगनले गत डिसेम्बरमा गरेको अध्ययनले पनि बच्चाहरुले कति समय प्रयोग गर्छन् भन्दा कसरी प्रयोग गरिरहेका छन् भन्नेले नै तिनीहरुको स्थिति जनाउने निष्कर्ष निकालेको थियो । तरपनि अत्यधिक समय त्यसैमा व्यतित गर्नुले निद्रा, स्वास्थ्य र मुडमा प्रभाव पार्ने चाहिँ निश्चित रहेको चिकित्सकहरुको भनाइ छ । त्यसैगरी अर्को अनुसन्धानले भने किशोरहरु थोरै समय विद्युतीय उपकरणमा व्यतित गर्दा नै धेरै खुसी रहने देखाएको थियो । तर अहिलेको समयमा यसलाई व्यवहारिक रुपमा लागू गराउन धेरै कठिन भइसकेको छ ।

तर प्रविधिका हानिकारक मात्र नभएर थुप्रै लाभाकारी पक्षहरु पनि छन् जसले बालबालिकाकोे प्रारम्भिक शिक्षामा महत्वपूर्ण योगदान दिन सक्छ । यसकारण स्क्रिनमा बिताइने समय आफैँमा हानिकारक नहुने र यसको नराम्रो असर बच्चाको स्वभाव र व्यक्तित्वमा नै भर पर्ने बताइएको छ । बरु आमाबुवाले आफ्ना छोराछोरीले के हेरिरहेका छन् के गरिरहेका छन् भन्नेमा मुख्य ध्यान दिनुपर्ने अध्ययनकर्ताहरुको सुझाव छ । स्क्रिनमा समय नै नबिताउने बच्चाहरुमा पनि नकारात्मक असर देखा पर्ने भएकाले बच्चाको उमेरअनुसार के हेरिरहेको छ, पढरहेको छ वा खेलिरहेको छ र त्यो उसका लागि कत्तिको सुरक्षित छ भन्ने नै धेरै महत्वपूर्ण रहेको ब्रिउअर बताउँछन् ।
द गार्जियनबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५  ०५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC