site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भीडभन्दा फरक ‘हरि’
Sarbottam CementSarbottam Cement

चलचित्र कस्तो बन्नुपर्छ भन्ने प्रश्नमा सबैको जवाफ रहन्छ– राम्रो । तर, कस्तो चलचित्र राम्रो भन्नेमा प्रत्येक व्यक्तिका फरक विचार आउँछन् । जे होस् राम्रो चलचित्रले दर्शकको मन छुनुपर्छ । नेपाली चलचित्र उद्योगमा अहिले कमेडी बिकिरहेको छ । जसोजसो पण्डित बाजे उसैउसै स्वाहा ! दर्शक कमेडीमा झुम्मिए । चलचित्र त्यस्तै बन्न–बनाउन थालिए । कमेडीका अग्रज पुस्तादेखि नयाँ पुस्ता पनि हसाउने चलचित्रमै आकर्षित भए । अधिकांश निदेर्शक–निर्माता हाँस्यप्रधान चलचित्र निर्माणकै केन्द्रित भैरहेका बेला गएको शुक्रबारबाट चलचित्र ‘हरि’ बजारमा आयो । 

नेपाली चलचित्र उद्योगका लागि नयाँ प्रयोग बोकेर आएको सिनेमा हो ‘हरि’ । १ घण्टा ४६ मिनेट लामो चलचित्र एउटै पात्रको वरिपरि घुम्छ ।

पैसा लुटपाट र हत्या चलचित्रको द्वन्द्व देखिए पनि असली द्वन्द्व भने मुख्य चरित्रको आन्तरिक द्वन्द्व हो । मनको कुण्ठा सहजै बाहिर निस्किन नपाउँदा त्यसले लिने रुप र परिणाम चलचित्रको मुख्य कथा हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा मुख्य पात्र विपीन कार्की छन् । चलचित्रमा आक्कल–झुक्कल देखिने सुनिता श्रेष्ठ ठकुरी, कमलमणि नेपाल, थिन्ले ल्हमुबाहेक बाँकी अधिकांश समय विपीनले होल्ड गर्छन् । 

फोर फादरको कथा बोकेको ‘हरि’ मा विपीनले जिजुबाजेदेखि पनातीसम्मको चार पुस्ते चरित्र निर्वाह गरेका छन् । समाजमा रहेका चरित्रलाई टिपेर त्यसमा प्राणभर्ने विपीन चलचित्र ‘हरि’ मा पनि चरित्रलाई न्याय गर्न सफल छन् ।

Global Ime bank

रामहरि, कृष्णहरि, शिवहरि र विष्णुहरि उनले निभाएका चरित्र हुन् । एकै छिनमा एउटै चरित्रलाई आमाका रुपमा लिँदा होस् या त्यही पात्रसँग रोमान्स गर्दा होस्, उनको अभिनयमा खोट लगाउन सकिँदैन । ‘छड्के’ को विन्दू देखि ‘हरि’ को विष्णुहरि सम्म आइपुग्दा उनले आफूलाई गरेको प्रयोगमा सफल हुँदै आएका छन् । 

चलचित्रको हावा एउटा बेगलिएर बगिरहेका बेला त्यसलाई धक्का दिने प्रयास गरेका छन् निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङले । व्यवसायभन्दा पनि दर्शकलाई फरक स्वाद चखाउनु पर्छ र चलचित्र उद्योगमा नयाँ जग बसाउनुपर्छ भन्ने सोच निर्देशकद्वयको देखिन्छ । 

रोमान्स, आइटम, कमेडी र लोकेसन देखाएर दर्शकलाई भुल्याइरहेका बेला अचानक फरक कथा शैली र प्रस्तुति बोकेर उनीहरु आएका छन् । 

चलचित्र हेर्दा एउटै व्यक्तिमा कथा घुमेको छ । फाइनान्स र घर तथा बाटोको सामान्य लोकेशनमा चलचित्र खिचिए पनि त्यसमा निर्देशक केसी र गुरुङ तथा अभिनेता विपीनको मेहनत देखिन्छ । साउन्ड र लाइटमा अब्बल देखिएको चलचित्र कलर द्वन्द्वमा पनि उत्कृष्ट देखिएको छ । 

न्यारेशन कथा बाचनको एउटा प्रचलित शैली हो । तर नेपाली चलचित्रमा देखिने त्यसको भद्धा प्रयोगबाट चलचित्र बचेको छ । 

अन्तरक्रियात्मक कथा बाचनले चलचित्रको कथा भन्दै जान्छ । जीवन दर्शन, भोगाइ, यथार्थ, सत्य, पीडा अनि विगत अन्तरक्रियात्मक शैलीबाटै प्रस्टिँदै जान्छ । कथा भन्ने यो शैलीलाई व्यावसायिकतासँग जोड्ने प्रयास निर्देशकको छ । 
प्रणामीका नाममा विगत दोहोरिन नदिने प्रयासले दबिएको इच्छा, प्यास, मोह र बासनाको विष्फोटलाई चलचित्रले रचनात्मक शैलीमा भन्ने प्रयास गरेको छ । 

दर्शक कमेडीमा भुलिएका बेला ‘हरि’ निर्माण गरिनु आफैंमा चुनौती हो । त्यसमा पनि यसलाई व्यावसायिकतासँग जोडिनु अर्को चुनौती हो । रमाइलो गर्न हलसम्म पुग्नेका लागि नराम्रो तर चलचित्र बुझ्नेहरुका लागि राम्रो चलचित्र हो ‘हरि’ । 

सुरुदेखि अन्तिमसम्म एक्लै आफ्नो कथा भन्ने विष्णुहरिले अहिलेका बक्सअफिसका अब्बल चलचित्रका दर्शकलाई १ घण्टा ४६ मिनेट बाँधेर नराख्न सक्छ । कथाभन्दा पनि रमाइलो र चलचित्र फगत मनोरञ्जनमात्रै मान्ने दर्शकलाई ‘हरि’ले बाँध्न सक्तैन । चलचित्रको कथा भन्ने विद्यमान शैली र व्यापारको फर्मुलाबाट चलचित्र टाढा छ । यही नै ‘हरि’को मुख्य चुनौती हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०७५  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC