site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
सीमा पर्खालको विषयमा ट्रम्प विरुद्ध मेक्सिकोका राष्ट्रपतिको कडा प्रतिक्रिया
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । मेक्सिकोका राष्ट्रपति एन्रिके पेना नेइटो र ट्रम्पबीच पुनः सीमा क्षेत्रकै विषयमा भनाभन परेको छ । मेक्सिको र अमेरिकाबीच रहेको खुला सीमा मार्फत अवैध रुपमा आप्रवासीहरु भित्रिएर देशमा अपराध बढाएको भन्दै यसअघि राष्ट्रपति ट्रम्पले सीमानामा ठूलो पर्खाल निर्माण गर्ने घोषणा गरेका हुन् । तर ट्रम्पको यस्तो निर्णयप्रति मेक्सिको मात्र नभएर अमेरिकी सांसदले समेत असन्तुष्टि जनाइरहेका छन् । 
यसैप्रति फेरि ट्रम्पको कडा आलोचना गर्दै राष्ट्रपति नेइटोले मंगलबार चेतावनीपूर्ण ट्वीट गरेका छन्, ‘मेक्सिकोले अमेरिकी पर्खालका लागि कुनैपनि खर्च गर्ने छैन, न अहिले न भविष्यमा ।’  वास्तवमा त्यसै दिन ट्रम्पले मेक्सिकोलाई आप्रवासीहरुको प्रवेशमाथि रोक लगाउन कुनै सहयोग नगरेको टिप्पणी गरेका थिए । उनको यसै भनाइपछि नेइटोले पनि स्पष्ट रुपमा उनीसँग असहमति जनाउँदै सो ट्वीट गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । 
यही विषयमा उत्पन्न भएको विवादका कारण यसअघि नेइटोले यो वर्षको ह्वाइट हाउस भ्रमण समेत रद्द गराएका थिए । तर ट्रम्पले भने पर्खालको खर्च मेक्सिकोले नै उठाउने दाबी गरिरहेका छन् । मेक्सिकोले अमेरिका भित्रिएर पैसा कमाउने तर यस प्रकारका गतिविधि हटाउन भने कुनै काम अघि नबढाउने ट्रम्पको आरोप छ । तरपनि मेक्सिकोप्रति ट्रम्पको यस्तो व्यवहारले दुई देशबीचको व्यापारिक योजनाहरुमा गम्भीर असर पर्न सक्नेमा अमेरिकी विज्ञहरुले भने चिन्ता व्यक्त गर्दै आएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC