site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. सुरेन्द्र केसीको प्रश्न– लालबाबुजी कसरी कमाउनुभयो ५५ लाख ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकारले सय दिनमा केही संभावनाहरु देखाएपनि अझै काम हेर्न बाँकी रहेको बताएका छन् ।

रिपोटर्स क्लबमा शनिबार भएको कार्यक्रममा उनले भने,‘सरकारले फाष्ट ट्रयाक, रेलवे, जहाज ल्याउने लगायतका संभावनाहरु देखाएको छ, हिजो बिग्रेको सम्बन्धहरु सुधार गरेको छ, यी राम्रै कुराहरु हुन्।’

Prabhu Bank
Agni Group
NIC Asia

यद्धपी उनले सय दिनमा देखा परेका कुराहरु हेर्दा राम्रो संकेत नगरेको गुनासो गरे । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीपनि भ्रमणबाटै समस्या समाधान हुन्छ भनेर भारत भ्रमणमा गएकोले ओली पनि परम्परागत रुपमा झुण्डिएको उनको गुनासो थियो । उनले भने,‘प्रधानमन्त्रीले ६ महिनापछि वा राजदुत नियुक्त गरेरमात्रै भ्रमण गरेको भए हुन्थ्यो, तर उहाँले प्रधानमन्त्री भएपछि भ्रमण गर्नमै जोड दिनुभयो।’

त्यस्तै उनले सिण्डिकेट हटाउनेजस्तो ठूलो उपलब्धिमूलक काम गरेका यातायात विभागका महानिर्देशकलाई पुरस्कारस्वरुप कारबाही गरिएको भन्दै व्यंग्य समेत कसे । उनले भने,‘कर्मचारीहरुलाई अनुकुल र प्रतिकुल अनुसार प्रयोग गरिएको छ, राम्रो गर्नेलाई पुरस्कृत गर्नुपर्ने हो, तर कारबाही गरिएको छ।’

Global Ime bank

वर्तमान सरकार संविधानतः पनि अढाई वर्षसम्म नढल्ने र दुई तिहाईको सरकार भएकोले अब परिणाममुखी कार्यप्रणाली अपाउनुपर्नेमा उनको जोड थियो । उनले सरकारको नीति तथा कार्यक्रम चित्त प्रशन्न हुने खालको नभएको स्पष्ट पारे । 
त्यस्तै फरक प्रसँगमा उनले कार्यक्रममा सँगै रहेका मन्त्री लालबाबु पण्डितलाई प्रश्न गर्दै भने,‘जनता जान्न चाहन्छन् ? लालबाबुजी तपाईले कसरी कमाउनुभयो ५५ लाख ?’


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC