site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

–राजाराम काकी 


काठमाडौं । हरेक वर्ष जस्तै यसवर्ष पनि सरकारले नीति तथा कार्यक्रममार्फत कृषिको विकासलाई महत्व दिएको छ । हरेक सरकारले राज्यको आम्दानी र खर्चको विवरण (बजेट) पेश गर्नु पहिले एक वर्षमा सम्पन्न गर्ने वार्षिक योजना (नीति तथा कार्यक्रम) राष्ट्रपतिमार्फत संसद्मा प्रस्तुत गर्ने चलन छ । 

यसवर्ष जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) मार्फत कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिीकीकरण मार्फत कृषिमा आत्मानिर्भर हुन करार, सहकारी र सामूहिक खेतीलाई अगाडि बढाइने जानकारी दिइन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले गत वर्ष पनि सामूहिक, करार र सहकारी खेतीको अवधारण अघिसारेको थियो । तर, ऐन नभएका कारण कार्यान्यनमा आउन सकेन । यद्यपि भारत, चीन, भियतनाम, बंगलादेशलगातयका मुलुकमा करारखेती सफल मानिएको छ । 

सरकारले कृषि अनुदानमा बढोत्तरी गर्दै लगेको मात्र होइन, सस्तो ब्याजदरमा कर्जा लगानी गर्ने नीति समेत कार्यान्यनमा ल्याएको छ । थोरै भए पनि रासायनिक मलमा अनुदान व्यवस्था गरेको छ । तर युवा किन खेतीगर्न आर्कषित हुदैनन् ? भनेर खोजी भने गरेको छैन । 

Global Ime bank

सरकारी आकँडाले उत्पादन बढेको देखाउछ तर बलियाबाङ्गा युवा कामको खोजीमा विदेश पलायन भइरहेका छन् । कृषि प्रधानदेश भएपनि यहाँका खेतबारी बाँझो छ । एकपोटी लसुन, एकमुठो धनियाँ र खुर्सानी समेत आयात गर्नुपर्ने बाध्यतामा हामी पुगेका छौँ । 

कृषि मजदुर, भूमिहीन र सीमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानको हातमा जमिन छैन । छैठौं कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मानिर्भर रहेको जनाएको छ । 

सो जनगणनामा ४२ प्रतिशत कृषकले कृषि कर्म गर्न ऋण उपलब्ध नभएको उल्लेख छ । जग्गाको हदबन्दी तोक्ने, कृषि पेशालाई मर्यादित, कृषि बीमा र कृषि ऋणमा सरकारले बैँक तथा वित्तीय संस्थालाई लगानी गर्न प्रोत्साहित गर्ने तथा आगामी तीन वर्षभित्रमा नेपाललाई कृषिमा पूर्ण आत्मनिर्भर बनाउन २० वर्षे कृषि विकास रणनीतिमा उल्लेख छ । 

तथ्यांक अनुसार ६५ प्रतिशत जनता कृषिमा आत्मनिर्भर छन् । कृषि प्रधान मुलुकमा कूल खेतीयोग्य जमिनको दुई करोड ६० लाख रोपनी जमिन बाँझो छ । हाल ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिँदै आएको छ । बाँझो जमिन समेत जम्मा ४१ लाख २१ हजार हेक्टर अर्थात कूल आठ करोड २४ लाख २० हजार रोपनी जग्गामा खेती गर्न सकिन्छ । एक हेक्टर भनेको २० रोपनी जमिन हो । 

कूल खेतीगर्न योग्य जमिनको ३३ दशमलव ३२ प्रतिशत जमिन बाँझो छ । खेतीको अलवा ५८ लाख २६ हजार ४४० ९हेक्टर० क्षेत्रफल वन जंगल, एकहजार ५६० हेक्टर झाँडी, १७ लाख ६६ हजार हेक्टर चरिचरन, तीन लाख ८३ हजार हेक्टर पानीले ओगटेको क्षेत्रफल र सिमसारलगायत अन्य २६ लाख २० हजार हेक्टर गरी कूल एक लाख ४७ हजार १८१ वर्ग किमी जमिन छ । 

राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैंठकमा जमिन बाँझो राख्न नहुने, उर्वरजमिनलाई खण्डिीकरण हुनबाट जोगाउनुपर्ने, भू–उपयोग नीति लागू गरी आगामी पाँच वर्षमा कृषिमा आत्मनिर्भर हुने घोषण गरेकी छन् ।  

उनले सो घोषणा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाजनामार्फत आगामी पाँच वर्षभित्र कृषिको परनिर्भरता घटाइने बताएइकी हुन् । 

राष्ट्रपति भण्डारीले संसद्मार्फत उक्त भनाइ राख्दा आम सर्वसाधारण नेपालीले विभिन्न सञ्चार माध्यममार्फत पक्कै सुनेको हुनुपर्छ । राष्ट्रपतिको उक्त भनाइ सुनेका काभ्रेका ८६ वर्षीय कृषक कृष्णबहादुर कार्कीले– तल, माथि ओल्लो पल्लो सबै घरमा पकाइने माछा– मासु, अण्डा, दाल, तरकारी, चामल र पीठोमा पनि अरुसँग परनिर्भर भएछौं, होइन त ? आश्चर्य मानेर प्रश्न गरे ।  

बृद्ध कृष्णबहादुरले आश्चर्य मान्नुको मुख्य कारण– उनको समयमा धान निर्यात हुन्थ्यो । परनिर्भरता थिएन । दशैंमा मासु आयात गर्नुपर्दैनथ्यो । तर, उनको उल्टै प्रश्न थियो –जब छोराछोरीनै विदेश छन् त चामल नकिनेर के गर्नु । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC