site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

जाजरकोट । जनप्रतिनिधिको विवादका कारण जुनिचाँदे गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एकवर्ष पूरा भए पनि विवादले गाउँपालिकाको केन्द्र तोक्न नसकिएको हो । 

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीपक्षले जुनिचाँदेको लुवादहमा केन्द्र बनाउन आन्तरिक लविङ गरिरहेका छन् भने उपाध्यक्ष शिवा आचार्यलगायतका पक्ष जुनिचाँदेको स्यानाखोलामा केन्द्र राख्न दबाब दिइरहेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट जितेका अध्यक्ष र उपाध्यक्ष एउटै पार्टीका भएपनि केन्द्र तोक्ने विषयमा विभाजित भएपछि निर्णय गर्न समस्या भएको छ । 

Agni Group

सरकारले जुनीचाँदे गाँउपालिकाको अस्थायी केन्द्र स्यानाखोला नै तोकेको छ । ११ वडा रहेको गाँउपालिकामा चार–चार वटा वडा तत्कालिन एमाले र माओवादी केन्द्रले र नेपाली काँग्रेसले तीन वटा वडामा जितेको छ । सवै पार्टीका वडाध्यक्षहरु केन्द्र तोक्ने विषयमा एकमत हुन सकेका छैनन् । 

निर्वाचन भएको ६ महिनाभित्र सामान्य बहुमतले केन्द्र तोक्ने निर्णय गर्न सकिने प्रावधान थियो तर, ६ महिना बितिसकेपछि दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने प्रावधान रहेको छ । 

Global Ime bank

गाँउपालिकाको केन्द्र नतोक्दा अहिलेसम्म वडा कार्यालय समेत स्थापना हुन सकेका छैनन् भने अन्य विषयगत कार्यालय समेत अन्यौलमा छन् । गाँउपालिकाले पूर्वाधार विकासको लागि आवश्यक बजेटसमेत विनियोजन गर्न सकेको छैन । विषयगत कार्यालय र गाउँपालिकाको कार्यालय भाडाको घरमा सदरमुकाममा बस्दै आएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC