site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
परिसूचक घट्दा लगानीकर्ताले एकैसातामा २५ अर्ब गुमाए
Sarbottam CementSarbottam Cement

काठमाडौं । यस नेप्से परिसूचक गतसाताको तुलनामा २१ दशमलव ४३ अंकले ओरालो लागेको छ । साताको पहिलो दिनदेखि नकारात्मक रहेको बजार कारोबार भएको पाँचैदिन ऋणात्मक रहँदा १ हजार ३ सय ३९ दशमलव १९ अंकबाट सुरु भएको सेयर बजार १ हजार ३ सय १८ दशमलव २२ बिन्दुमा पुगेको हो ।

नेप्से परिसूचक घट्दा यससाता सेयर बजारको कारोबार भने ७७.७१ प्रतिशतले बढेको छ । ४ दिनमात्र कारोबार भएको अघिल्लो साता १ अर्ब ८ करोडको कारोबार भएको यससाता बढेर १ अर्ब ९२ करोड २७ लाख पुगेको छ । यसक्रममा १८३ कम्पनीका ४१ लाख ३७ हजार कित्ता सेयर खरिदबिक्री भए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्से घट्दा यससाता लगानीकर्ताहरुको कूल सेयर सम्पत्ति २५ अर्ब ११ करोड रुपैयाँ घटेको छ । यससाताको बजार कारोबार बन्द हुँदा बजारको कूल पूँजीकरण १५ करोड ४७ लाख रुपैयाँमा पुगेको हो ।

नेप्से घट्दा यससाता “क” वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ४.३७ अंकले घटेर २७७.८९ अंकमा पुगेको छ । 

Global Ime bank

सो साता कारोबार रकम र कारोबार भएको शेयर संख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । गत साता ३ लाख ९६ हजार कित्ता बैंकको संस्थापक सेयर २२ करोड ८५ लाख रुपैयाँमा किनबेच भए । त्यसैगरी कारोबार संख्याको आधारमा बैंकमका सामान्य सेयर ७ सय २९ ओटा कारोबारसहित अग्रस्थानमा सह्यो ।

यससाता केप्से कुनै पनि कम्पनीका सेयर सूचीकृत भएनन् ।

समूहगत परिसूचकको यससाता लघुवित्त, होटल, उत्पादनमुलक र व्यापार समूह बाहेक सबै समूहको परिसूचक घटे । लघुवित्त समूहको परिसूचक १३ दशमलव १६ अंक, होटलको ४ दशमलव २३ अंक, उत्पादनमुलकको ११ दशमलव शून्य ७ अंक र व्यापार समूहको २ दशमलव ९६ अंकले बढेको छन् । त्यस्रगरी, बीमा समूहको परिसूचक सर्वाधिक १ सय ८९ दशमलव ८१ अंकले घट्दा विकास बैंकको ३३ दशमलव ६१ अंक, जलविद्युतको २६ दशमलव ८४ अंक, बैंकिङ समूहको परिसूचक २१ दशमलव १५ अंक, वित्त कम्पनीको ५ दशमलव ४५ अंक र अन्य समूहको २ दशमलव ९९ अंकले ओरालो लागेको छ ।

यससाताको समूहगत परिसूचक :
\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC