site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालका कम्युनिष्ट उच्च लोकतन्त्रवादी छैनन् : भट्टराई, राजतन्त्र किन फ्याक्ने भन्ने ओलीसँग प्रचण्ड मिले: गिरी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजन डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट उच्च लोकतन्त्रवादी नभएको भन्दै मुलुक र जनताको समस्या दल गर्न नसक्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित "पार्टी एकीकरण कि ध्रवीकरण ?" नामक आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजन भट्टराईले मार्क्सवादले उच्च लोकतन्त्र भनेपनि नेपाल कम्युनिष्ट पार्टी नेपाल नेताहरु उच्च लोकतन्त्रवादी नभएको भन्दै मुलुक र जनताको विकास गर्न नसक्ने बताएका हुन् । 

उनले भने, "कार्ल माक्सले उच्च लोकतन्त्रको कुरा गरेपनि अहिले बनेको नेकपाले जनु विचारधारा अघि सारेका छन् त्यसबाट प्रष्टरुपमा बुझ्न सकिन्छ उनीहरु उच्च लोकतन्त्रवादी छैनन् । लेनिनवादले जनवादी केन्द्रीयता र अग्रदस्ता माग गर्दछ । नेपकाभित्र समावेशी समानता हुन्छ या हुँदैन ? नेकपाको नीति तथा कार्यक्रम स्पष्ट नहुँदा मुलुक र जनताको विकास गर्न नसक्ने प्रष्ट देखिन्छ ।"

Agni Group

नेकपाले जनतालाई ढाट्ने काम गरेको पनि बताए । भट्टराईले थपे, "नेकपाले जनतामा जुन सपना देखाएका छन् त्यसैअनुसारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छैन । बौद्धिक भनिएका सांसदहरुको पनि बोलि एउटा र काम अर्कै छ । एउटै पार्टीको भएपनि संसद्मा बोल्दा एकरुपता छैन । जनतामा ढाट्ने काम भइरहेका छन् ।"

डा.भट्टराईले नेपालमा वैकल्पिक शक्तिको खाँचो दिनप्रतिदिन बढ्दै गएको दाबीसमेत गरे ।

Global Ime bank

"युरोप र अमेरिकातिर जसरी दुई पार्टी सिस्टम चलेको छ, त्यसरी नै एमाले र माओवादी केन्द्रबीचको एकता भएपछि नेपालमा दुई दलिय व्यवस्था आउन लागेको हो कि भन्ने जनतामा आशंका छ । नेकपा भारतको पश्चिम बंगालको जस्तै ३० वर्ष निरन्तर चल्दैन । नेपालमा अहिले पार्टीहरु एकीकरण र ध्रवीकरणको प्रकृयामा गएका छन् । हामीले जनु किसिमको बाटो अबलम्बन गरेका छौं त्यो नै नेपाल र नेपालीको लागि चाहिने बाटो हो । नेपालमा तेस्रो ध्रवको आवश्यकता बढ्दै गएको छ । मुलुकलाई साच्चै नै समृद्ध दिन चाहने पार्टीहरुले एकीकरण र ध्रवीकरणमा जाने कि वैकल्पिक बाटो रोज्ने ? भट्टराईले प्रश्न गरे ।

राजतन्त्र किन फ्याँल्ने भन्ने ओलीसँग प्रचण्ड मिले: गिरी 

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले पनि नेकपाले समाजवाद ल्याउन नसक्ने स्पष्ट पारे । उनले हिजो राजतन्त्र फ्याँक्न हुन्न भन्नेसँग पुष्पकमल दाहाल प्रचण्ड मिलेको पनि बताए ।

"लेलिनको युगदेखि माओको युगसम्म राज्यको चरित्रको कुरा गरे, "गिरीले भने, "लेनिनको नेतृत्वमा क्रान्ति आएपछि खास समाज बनाउने अभियान आयो । लेनिनपछि स्टालिन आउनुभयो । त्यसपछि माओ आउनुभयो । एतिहासिक भौतिकवादले हामीलाई के सिकाउछ भने भएका घटनाहरुको अध्ययन गरेर सारसंक्षेप निकालेर अगाडि कार्यक्रम चलाउनुपर्छ । अहिलेका नेकपाका नेताहरु पुरानै सोच विचारका छन् । त्यसैले म सबैलाई प्रष्ट रुपमा भन्न चाहन्छु यिनीहरुले राज्यको समस्या हल गर्न सक्दैनन् ।" 

गिरीले थपे, "ओलीले संविधान लेख्दै गर्दा प्रचण्डको अगाडि नै राजतन्त्र किन फ्याँक्ने ? ०४७ साल किन फ्याक्ने ? संघीयता किन चाहिन्छ भनेर प्रश्न गर्थे । आज मिलेका छन् । कसरी मिले ? उदारवादले त जनताले भोट दिएर हुन्छ भन्छ । समाजवाद भनेको लोकतन्त्रको उच्च व्यवस्था हो ।"

कार्यक्रममा नेपाली कांग्रेसका अर्का नेता दमननाथ ढुङ्गानाले एमाले र माओवादी केन्द्रबीचको एकतापछि आफू दोधारमा रहेको बताए । 

नेकपाका कै नेता भन्छन्-सीमित नेताहरुको चाहनामा एमाले-माओवादी एकता भयो 

नेपाल कम्युनिष्ट पार्टीका नेता डोरप्रसाद उपाध्यायले भने सीमित व्यक्तिहरुको चाहना र स्वार्थमा एमाले र माओवादी केन्द्रबीचको एकता भएको दावी गरे । उनले एकताबाट पूर्वमाओवादी केन्द्रका नेताहरु असन्तुष्ट भएको जिकिर समेत गरे ।

"सीमित नेताहरुको चाहना र स्वार्थमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भयो । एकताबाट पूर्वमाओवादी केन्द्रका धेरै साथीहरु असन्तुष्ट छन् । यो एकता विचार, नीति र सिद्धान्तमा एक रुपता भएर भएको होइन, स्वार्थ भएर भएको हो । स्वार्थपूर्ण एकताले देशलाई अगाडि लान सक्दैन, "नेता उपाध्यायले भने ।"


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC