site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
किम जोङ–उनसँगको वार्ताबाट यस कारण पछाडि हटे डोनाल्ड ट्रम्प
Sarbottam CementSarbottam Cement

बीबीसी । हप्तौंसम्म चलेको तिक्ततापूर्ण बयानबाजीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाका नेता किम जोंग–उनका साथ तय भएको बैठक रद्द गरिदिएका छन् । 

राष्ट्रपति ट्रम्पले एक पत्र जारी गरेर आगामी जून १२ का दिन उत्तर कोरियाली नेता किमसँग सिंगापुरमा हुने तय भएको बैठक रद्द गरेको हुन् । उनले उत्तर कोरियाको सरकारी न्यूज एजेन्सीले ‘खुलेआम दुश्मनी र आक्रोस’ भनेका कारण बैठक रद्द गरेको बताएका छन् । 
अमेरिकी उप–राष्ट्रपति माइक पेंसले ट्रम्पको बयान दोहोरयाएपछि उत्तर कोरियाका मन्त्री चो सोन–हुईले उनलाई  ‘पोलिटिकल डमी’ अर्थात राजीनतिक कठपुतली भनेका थिए । 

तर शिखर सम्मेलन धराशायी हुने क्रमको शुरुआत ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनबाट भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बोल्टनको गम्भीरतामाथि प्रश्न
 

बोल्टनले कहिल्यै पनि उत्तर कोरियाका साथ डिप्लोमेटिक प्रक्रियामा गम्भीरतापूर्वम चासो देखाएका थिएनन् । राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी सम्हाल्नु अगावै एक नागरिकको हैसियतमा जोन बोल्टनले ट्रम्पको उत्तर कोरियाली शासक किमसँग भेट गर्नका लागि गरेको प्रयासमाथि प्रश्न उठाएका थिए । 

Global Ime bank

उनले वार्ताबाट अपेक्षाकृत नतिजा नआउने र अमेरिकाले आफ्नो बहुमूल्य समय बर्बाद गर्ने बताएका थिए । 

अमेरिकाले उत्तर कोरियाका साथ हुने भनिएको वार्तामा लीबिया मोडलको पालना गर्नु पर्ने बोल्टनको भनाई थियो । लीबियामा सन् २००३ मा भएको निशस्त्रीकरण प्रक्रिया पछि लीबियाली शासक मुअम्मर गद्दाफीले परमाणु कार्यक्रम पूर्ण रुपमा रोक्नु परेको थियो । उत्तर कोरिया लामो समयदेखि लीबियाका साथ हुँदै आएको तुलनाबाट डराउँदै आएको छ । हालै उसले आफ्नो वक्तव्यमा यसको जिकिर पनि गरेको थियो ।

लीबियाको भूत
 

उत्तर कोरियाका मन्त्री चो आफ्नो बयानमा लीबियाका साथ तुलना गरिएको विषयमा भड्किएका थिए । उत्तर कोरिया एक परमाणु शक्ति भएको र आफूहरुसँग रहेका इन्टरकन्टिनेन्टल ब्यालिस्टिकलाई थर्मोन्यूक्लियर हतियारमा जडान गरेर प्रयोग गर्न सकिने उनको भनाई थियो । उत्तर कोरियाको तुलनामा लीबियाले धेरथोर उपकरणहरुमात्रै व्यवस्था गर्न सकेको उनको दावी थियो । 

लीबियाको अनुभवबाट किम जोङ–उनले अमेरिकाले भने जस्तो परमाणु निशस्त्रीकरणको अर्थ एक दिन आफ्नो पनि अन्त्य निश्चित रहेको अनुमान गरिसकेका छन् । उत्तर कोरियाले ट्रम्पको टिप्पणीलाई धम्कीका रुपमा हेरेको छ । 

राष्ट्रपति ट्रम्पको बैठक रद्द गरिएको जानकारी दिन जारी गरिएको पत्रबाट ट्रम्पले किमसँगको कुराकानी सधैका लागि बन्द नगरिएको भने स्पष्ट हुन्छ । उनले किम जोंग–उनलाई ‘महामहिम’ का रूपमा सम्बोधित गर्दै लेखेका छन्, “मसँग सम्पर्क गर्न र पत्र लेख्न नहिचकिचाउनु ।’’

https://www.bbc.com/hindi/international-44248730

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC