site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तरलतामा सुधार हुने अपेक्षासँगै मौद्रिक व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकको निष्कर्ष
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आयात बढ्दा सरकारी खाताको शोधनान्तर स्थिति घाटामा गएकोले मौद्रिक व्यवस्थापनमा ध्यान दिनुपर्ने निष्कर्ष नेपाल राष्ट्र बैंकले निकालेको छ । आयातको तुलनामा निर्यात न्यून हुँदा बाह्य क्षेत्रको स्थायित्वमा पर्नसक्ने जोखिमप्रति सजग रहँदै मौद्रीक व्यवस्थापन गर्नुपर्ने औंल्याएको हो ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा गर्दै बाह्य क्षेत्रतर्पm आयातमा भएको उच्च विस्तारका कारण वस्तु व्यापार घाटा थप फराकिलो भएको उल्लेख गरेको छ । यसअवधिमा कुल वस्तु निर्यात ५९ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा कूल वस्तु आयात भने ८७६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार सरकारी वित्ततर्पm नेपाल सरकारले चालू आर्थिक वर्षको नौ महिनासम्ममा बजेटमा व्यवस्था भएको आन्तरिक ऋण १ खर्ब ४५ अर्बमध्ये ९३.५ प्रतिशत परिचालन भएको छ । यस परिवेशमा आर्थिक वर्षको बाँकी अवधिमा सरकारको पुँजीगत खर्च बढ्न गई बैंकिङ क्षेत्रको तरलतामा थप सुधार हुने अपेक्षा राष्ट्र बैंकको छ ।
ब्याजदर करिडोर लागू गरेपश्चात् अन्तर बैंक दर लक्षित सीमाभित्र रहँदै आएकोले तरलता व्यवस्थापनको लागि ब्याजदर करिडोरलाई निरन्तरता दिन आवश्यक भएको राष्ट्र बैंकको निचोड छ ।
राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको विद्यमान कार्यदिशालाई यथावत् राखेको छ । वित्तीय पहँुच, वित्तीय सुदृढीकरण एवम् वित्तीय स्थायित्वलाई पवबद्र्धन गर्दै अर्थतन्त्रको दीगो विकासका लागि सहजीकरण गर्ने मौद्रिक नीतिको उद्देश्यलाई दृष्टिगत गरी अर्थतन्त्रको अवस्था एवम् परिदृश्यका आधारमा राष्ट्र बैंकले यस्तो निष्कर्श निकालेको हो ।
मौद्रिक नीतिको भावी कार्यदिशा तय गर्ने क्रममा आगामी बजेटको प्राथमिकता, नीति, कार्यक्रम एवम् आकारलाई समेत ध्यानमा राखिने समीक्षमा उल्लेख छ । संघीयता कार्यान्वयनसँगै तीव्र आर्थिक वृद्धिका लागि संघ, प्रदेश र स्थानीय तीनै तहबाट सरकारी खर्च बढ्ने सम्भावना रहेकोले बजेटले दिशा निर्दिष्ट गरेअनुसार निती ल्याइने भएको हो ।
यसअवधिमा निर्यातमा ८.२ प्रतिशतले वृद्धि भएको हो भने आयातमा २०.६ प्रतिशतको वृद्धि भएको हो ।
यस अवधिमा अलंैची, धागो, पोलिस्टर यार्न, अदुवा, तार, लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, जिआई पाईप, ऊन गलैँचा, पस्मिना लगायतको निर्यात घटेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, हटरोल सिटईन क्वाईल, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिंक ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC