site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सलमान खान नेपाल आउने कार्यक्रम पुनः स्थगित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम फेरि स्थगित भएको छ । पटकपटक स्थगित हुँदै आएको सलमान खान नेपाल आउने कार्यक्रम पुनः स्थगित भएको हो । 
कार्यक्रमको आयोजक ओडीसी इन्टरटेनमेन्टले सलमान नेपाल आउने कार्यक्रम पुनः स्थगित भएको जनाउँदै  आफ्नो फेसबुक पेजमा अर्को सूचना नआएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ ।  
पछिल्लो पटक ‘दबङ द टुर’ अन्तर्गत उनी जेठ १२ गते नेपाल आउने कार्यक्रम रहेको थियो । 
यस अगाडि उनी वैशाखमा नेपाल आउने कार्यक्रम थियो । जोधपुर विशेष अदालतले ५ वर्ष कैदको फैसला सुनाएपछि वैशाखमा उनी नेपाल आउने कार्यक्रम स्थगित भएको थियो । 
त्यसअघि ओडीसीले सलमानलाई फागुन २६ गते नेपाल ल्याउने तयारी गरेको थियो । उक्त समयमा विप्लव माओवादीले नेपाल नआउन आग्रह गर्दै सोहीदिन नेपाल बन्दको घोषणा गरेपछि उनी नेपाल आउने कार्यक्रम स्थगित भएको थियो । 
३ हजार देखि २० हजारसम्मको टिकट ओडीसीले विक्री गरेको थियो । केहीले टिकट फिर्ता लिए पनि केहीले अझै बाँकी छ । 
कार्यक्रमका लागि सलमानसहितको समूहलाई आयोजक ओडीसी इन्टरटेन्मेन्टले ७ करोड भारतीय रुैपैयाँ पठाइसकेको थियो । यसमा ३ करोड रुपैयाँ सलमानका लागि पठाइएको थियो । 
कार्यक्रम तयारीका क्रममा १० करोड रुपैयाँ खर्च भैसकेको ओडीसीले जनाएको छ । गुरुङका अनुसार १५ करोड लागतमा कार्यक्रम हुन लागेको थियो । ५० हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकको थियो ।
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने कार्यक्रम थियो ।  
सलमानसँगै नेपाली कलाकार राजेश पायल राई, रनजु लामा, सुष्मा कार्की र माला लिम्वूले आफ्नो प्रस्तुती प्रस्तुत गर्ने कार्यक्रम थियो । ९० जना सहयोगी तथा सहकर्मीसहित सलमान नेपाल आएर तीन दिन बस्ने कार्यक्रम थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC