एजेन्सी । युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको फाइनल खेल शनिबार हुँदै छ । युक्रेनको किभमा हुने फाइनलमा भिड्दै छन्, साबिकको विजेता रियल मड्रिड र इन्ग्लिश क्लब लिभरपुल ।
किभस्थित ओलम्पिक नेसनल स्पोर्ट्स कम्प्लेक्समा हुने स्पेनिस क्लब र इन्ग्लिश क्लबबिचको भिडन्तले अहिले फुटबल बजार तातेको छ । ७० हजार बढी दर्शक क्षमता रहेको ओलम्पिक स्टेडियममा हुने फाइनलको लागि समर्थकहरु युक्रेन पुगिसकेका छन् ।
युक्रेन पुग्न नसक्ने समर्थकहरु टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हेर्ने छन् । आफुलाई मन पर्ने जर्सी पहिरने छन्, आफ्नो टोलीको समर्थन गर्ने छन् ।
यस्तोमा, टेलिभिजनमा च्याम्पियन्स लिग हेर्ने समर्थकको लागि लिभरपुलका विंगर साडियो मानेले अफ्रिकी राष्ट्र सेनेगलमा ३ सय जर्सी पठाएका छन् । मानेले आफु जन्मेको गाउको लागि ३ सय लिभरपुलको जर्सी पठाएको बिबिसीले जनाएको छ । जुन जर्सी, लिभरपुलले रियल मड्रिडविरुद्ध मैदान उत्रदा समर्थकहरुले लगाउने छन् ।
मानेले च्याम्पियन्स लिगको फाइनलमा आफ्नो क्लबको जर्सी प्रयोग गरोस भन्ने उदेश्यले जर्सी पठाएको बताएका छन् । २६ बर्षे मानेले भनेका छन् , ूत्यहाँ २ हजार रहेका छन् । मैले गाउको लागि ३ सय जर्सी पठाएको छु । मेरा समर्थकले जर्सी लगाउने छन् र फाइनल हेर्ने छन् ।ू
मानेले उक्त फाइनल खेल आफ्ना आमा र काकाले समेत टेलिभिजनमा हेर्ने बताए । उनले उक्त फाइनलमा सन् २००५ को घटना दोहोरिने बताउदै आफु गाउ फर्कदा पदक बोकेर फर्कने समेत बताए । मानेले थपे, ूत्यो दिन गाउमा कसैले काम गर्ने छैनन् । म विश्वकपपछि घर फर्कने छु । मलाई आशा च मैले पदक बोकेर आउने छु ।ू
यस्तै मानेले लिभरपुलले पछिल्लो पटक च्याम्पियन्स लिग जित्दा आफुले गाउमै बसेर हेरेको र उत्कृष्ट कमब्याक गर्दै उपाधि हात पारेको क्षण याद रहेको बताए । लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
टर्कीको अतातुर्क स्टेडियममा भएको उक्त फाइनलमा लिभरपुलले इटालियन क्लब एसी मिलानलाई पेनाल्टी सुटआउटमा ३ – २ ले हराएर उपाधि जितेको थियो । फुटबलका पण्डितहरुले यो सिजनको फाइनल खेललाई २००५ को फाइनलसँग दाजेर विश्लेषण समेत गरिरहेका छन् ।