site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एक वर्षे प्रतिबन्धमा परेका स्मिथले क्यानाडाको घरेलु लिग खेल्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । १२ महिना प्रतिबन्धमा परेका अष्ट्रेलियाका पूर्वकप्तान स्टेभन स्मिथले ग्लोबल टि–ट्वान्टी क्यानाडा लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आईसीसीले उल्लेख गरेको समाचारमा क्यानाडा लिगमा स्मिथ मार्की खेलाडी चुनिएको उल्लेख गर्दै उनले खेल्ने उल्लेख छ । 
मार्चमा दक्षिण अफ्रिका विरुद्ध भएको टेष्ट खेलमा बल टेम्परिङ गरेको आरोपमा कप्तान स्टेभन स्मिथसँगै उपकप्तानलाई पनि अष्ट्रेलियन क्रिकेट बोर्डले १२ महिनाको लागि प्रतिबन्ध लगाएको थियो । तर विदेशी राष्ट्रको घरेलु प्रतियोगितामा भने खेल्न पाउने भएको भन्दै उनी क्यानाडाको घरेलु लिगमा मार्की खेलाडी चुनिएको आईसीसीले उल्लेख गरेको छ । यद्यपी इन्डियन प्रिमियर लिग (आईपीएल) को राजस्थान रोयल्स क्लबबाट भने स्मिथले राजीनामा दिएका थिए ।
क्यानाडाको घरेलु लिगमा स्मिथसहित १० जना खेलाडी मार्की खेलाडी चुनिएका हुन् । चुनिएका अन्य मार्की खेलाडीमा अष्ट्रेलियाकै क्रिस लिन, पाकिस्तानका शाहिद अफ्रिदी, श्रीलंकाका लासिथ मालिंगा र दक्षिण अफ्रिकाका डेभिड मिल्लर रहेका छन् ।
मार्की खेलाडीको रुपमा छनोट हुने अन्य खेलाडीमा वेष्ट इन्डिजकै ५ जना खेलाडी रहेका छन् । क्रिस गेल, ड्वाएन ब्राभो, सुनिल नारिने, आन्ड्रे रुसेल र ड्यारेन सामी रहेका छन् ।
प्रतियोगिता २५ जुनदेखि १५ जुलाईसम्म मेपल लिएफ क्रिकेट क्लबमा हुने छ । प्रतियोगितामा ६ टिमले २२ खेल खेल्ने छन् । खेलाडीको ड्राफ मे ३० मा सार्वजनिक गर्नेे आयोजकले बताएको आईसीसीले उल्लेख गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC