site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
१८ पटक विश्वकप खेलेको र चारपटकको विजयी इटालीबिनाको २१ औं विश्वकप
Sarbottam CementSarbottam Cement

काठमाडौं । २१ औं संस्करणको विश्वकप फुटबल हुन करिब ३ सातामात्र बाँकी छ । चार पटक विश्वकप फुटबलको उपाधि उचाल्न सफल इटाली सन् २०१८ फिफा विश्वकपमा भने सहभागि हुने छैन ।  विश्वकप छनोटको खेलहरुमा राम्रो पदर्शन गरेर आफ्नो समुहमा दोस्रो भएको इटाली दोस्रो राउण्डको छनोटमा स्वीडेनसँग पराजित भएपछि विश्वकप पुग्ने सपना तुहिएको थियो ।

बाधक स्वीडेन

४ पटक विश्वकपको उपाधि उचाल्न सफल इटाली यो वर्षको विश्वकप भने खेल्न पाउने छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो राउण्डमा शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुने इटालीको सम्भावना बलियो थियो । तर विपक्षीमा स्पेन थियो । आफ्नो समूहका अन्य राष्ट्रलाई पराजित गर्न सके पनि स्पेनलाई पराजित गर्न नसक्दा इटाली पहिलो राउण्डबाट विश्वकपमा छनोट हुन सकेन । 
होम खेलमा इटालीले स्पेनलाई १–१ गोलको बराबरीमा रोकेपनि अवे खेलमा स्पेनसँग इटाली ३–० ले स्तब्ध बन्यो । स्पेन समूह जी को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भयो भने दोस्रो स्थानमा रहेको इटालीलाई दोस्रो राउण्डबाट विश्वकपमा स्थान बनउने मौका रहेको थियो ।

दोस्रो राउण्डमा इटालीले विश्वकपमा पुग्नका लागि स्वीडेनलाई पराजित गर्नु पर्ने थियो तर, स्वीडेनसँग १—० गोलअन्तरले इटाली पराजित हुन पुग्यो भने विजेता स्वीडेन विश्वकपमा पुग्यो । स्वीडेनसँग पराजित भएसँगै इटाली सन् १९५८ पछि पहिलो पटक विश्वकप पुग्न असफल बनेको थियो ।

Global Ime bank

विश्वकपमा इटालीको यस्तो छ इतिहास

\"\"

इटाली फुटबलमा सफल राष्ट्र गनिन्छ । इटालीले सन् १९३४ को दोस्रो विश्वकप फुटबलको आयोजना गर्ने अवसर पाएको थियो । मे २७ देखि जुन १० सम्म इटालीको विभिन्न ८ शहरमा आयोजना भएको विश्वकपमा ४ महादेशका जम्मा १६ राष्ट्रले भाग लिएका थिए ।

दोस्रो विश्वकपको उपाधि पनि आयोजक राष्ट्र इटालीले नै जित्दै उसले विश्व फुटबल इतिहासमा आफ्नो इतिहास लेखाउन सफल भएको थियो । फाइनल खेलमा चेकोस्लोभाकियालाई थप गरिएको अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै इटालीले उपाधि उचालेको थियो ।

सन् १९३८ को तेस्रो संस्करणको विश्वकप फुटबल फ्रान्समा सम्पन्न भएको थियो । फ्रान्सको विभिन्न १० शहरमा आयोजना भएको विश्वकपको उपाधि यो पटक पनि इटालीले जितेको थियो । लगातार दोस्रो पटक इटालीले विश्वकपको उपाधि जित्दै अर्को इतिहास बनाएको थियो । त्यतिबेला इटालीले फाइनलमा हंगेरीलाई ४–२ गोलअन्तरले पराजित गरेको थियो ।

इटालीले तेस्रो उपाधि स्पेनमा सम्पन्न सन् १९८२ को विश्वकपमा जितेको थियो । १२ औं संस्करणको विश्वकपको उपाधि इटालीले जित्दै सर्वाधिक ३ पटक जितेको ब्राजिलसँगको कीर्तिमानी बराबरी बनाएको थियो । इटालीले जर्मनीलाई ३–१ गोलअन्तरले पराजित गर्दै तेस्रो पल्ट उपाधि चुमेको थियो ।

इटालीले सन् २००६ मा चौथो पटक विश्वकपको उपाधि उचालेको थियो । जुन ९ देखि जुलाई ९ तारिखसम्म जर्मनीले १८औं विश्वकप फुटबलको आयोजना गरेको थियो । फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै इटालीले चौथो पटक विश्वकप फुटबलको उपाधि उचालेको थियो । निर्धारित समय र थप गरिएको समयसम्म दुबै टिमले १–१ गोलको बराबरीमा सकिएपछि फाइनल खेल पेनाल्टीमा धकेलिएको थियो ।

पटक पटक गरेर चार पटकको विश्वकप विजेता इटालीआफुले जितेको समय भन्दा पछि भने तुलनात्मक रुपमा भने कमजोर देखिएको छ । उसले सन् १९३८ पछि लामो समय विश्व कपको फाइनल यात्रा सम्म पनि तय गर्न सकेको छैन । 

१८ पटक विश्वकप खेलेको इटाली अहिलेसम्म ६ पटक फाइलमा प्रवेश गरेको छ भने त्यसमा ४ पटक विश्वकपको उपाधि उचाल्दा २ पटक उपविजेता बनेको छ । सन् १९७० मा मेक्सिकोमा सम्पन्न विश्वकपको फाइनलमा ब्राजिलसँग ४—१ गोल अन्तरले पराजित भएको थियो । 

त्यस्तै, इटाली अमेरिकामा भएको सन् १९९४ को विश्वकपको फाइनलमा पुगेको थियो । तर, फाइनलमा यो पटक पनि इटालीको लागि उपाधि चुम्ने बाधक ब्राजिल बनेको थियो । पेनाल्टी सुटआउटमा इटाली ब्राजिलसँग ३—२ गोल अन्तरले स्तब्ध बनेको थियो ।
त्यस्तै, इटाली सन् १९७८ मा विश्वकपमा चौथो भएको थियो भने १९९० मा तेस्रो स्थान हासिल गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC