site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
यस्तो छ विश्वको सबैभन्दा महङ्गो र खतरनाक आधुनिक लडाकु विमान 
Sarbottam CementSarbottam Cement

बीबीसी । इजरायलले सिरियामा गरेको एक हमलामा अमेरिकाद्वारा निर्मित विशेष लडाकू विमान प्रयोग भएको खबर बाहिर आएसँगै एफ्–३५ को चर्चा विश्वभर सुरु भएको थियो । विश्वकै सबैभन्दा महङ्गो, आधुनिक र शक्तिशाली बताइने यस विमानलाई इजरायलले अमेरिका भन्दा पहिले प्रयोग गरेको दाबी गरेपछि यसबारे झन बढी खोजी हुन थालेको हो । 

इजरायलका वायुसेना प्रमुखले केही समयअघि विभिन्न तस्बिरहरुतर्फ संकेत गर्दै यसको प्रयोग भइसकेको उल्लेख गरेका थिए । इजरायलले एफ–३५ सहित नौ अन्य विमानहरु पनि खरिद गरिसकेको छ । यस विमानको नाम इजरायलले ‘आदिर’ राखेको छ अर्थात् अत्यन्तै शक्तिशाली किनकी यस विमानले युद्ध समेत बदल्न सक्ने बताइन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा यो विमान यस्तो प्रक्रियाबाट निर्माण गरिएको छ जसले टाढाका मिसाइल पत्ता लगाउने रेडारको पकडबाट समेत आफूलाई बचाउन सक्छ । रेडारमा यसलाई देख्न नसकिने भएकाले नै शत्रुहरुको विमानलाई यसले थोरै समयमै ढालिदिन सक्छ । यसमा जडान गरिएका विशेष सेन्सरले वरिपरिका डाटाहरु तुरुन्तै सैन्य लडाकूहरुकहाँ पुर्याइदिन सक्छ भने केही समयका लागि रेडरलाई जाम गर्ने क्षमता समेत यसमा रहेको छ ।  

एफ–३५ विमान तीन प्रकारका हुन्छन् । एउटा सामान्य विमान जसरी अवतरण गर्छ भने अर्को किसिमको चाहिँ हेलिकप्टर जसरी ठाडै अवतरण गर्न सक्छ । त्यस्तै तेस्रो किसिमकोे विमानवाहकबाट पनि उडान भर्न सक्ने खालको हुन्छ । दुईवटा इन्जिन भएको विश्वकै सबैभन्दा आधुनिक बताइने हुनाले यसलाई पाचौँ पिँढीको विमान पनि भनिएको छ । यो संसारकै सबैभन्दा महङ्गो लडाकू विमान हो । हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको मूल्य र क्षमता सार्वजानिक गरेपछि यसको धेरै आलोचना पनि गरिएको थियो । यसको मूल्य १० करोड अमेरिकी डलर भन्दा बढी रहेको बताइन्छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ०५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC