site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दोस्रो दिन पनि सकिएन गोरेको बयान, बुबा भन्छन्– कानुनअनुसार कारबाही हुनुपर्छ 
Sarbottam CementSarbottam Cement

विराटनगर । साढे ३३ किलो सुन प्रकरण र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग बिहीबार पनि बयान लिइएको छ । जिल्ला अदालतमा मोरङमा उनको बयान लिइएको हो । उनीसँग बुधबार र बिहीबार दुईदिन लिइएको बयान पनि नसकिएको अदालतले जनाएको छ ।

शुक्रबार पनि उनीसँग बयान लिइनेछ । अहिलेसम्म गोरेले १६ पेज बयान दिएका छन् । मोरङ प्रहरीले १५३ पेजको अभियोगपत्र जिल्ला अदालत मोरङमा दर्ता गराएको छ ।
गोरेमाथि लागेका आरोपहरुको एक एक गरेर बयान लिने काम जारी रहेको छ । गोरेको सुन तस्करीको सुरुवात, अन्य अभियुक्तसँगको सम्बन्ध, सनम हत्या प्रकरण लगायतका विषयमा उनीसँग सोधपुछ गरिएको छ ।
उनी पक्षका कानुन व्यवसायी यमबहादुर मगरका अनुसार शुक्रबारसम्म बयान सक्ने तयारी छ । न्यायाधिस नारायण शर्माको एकल ईजलासमा मुख्य अभियुक्त उप्रेतीको बयान भईरहेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

गोरेका बुबा भन्छन्– छोराले गलत गरेको भए कारबाही हुनुपर्छ 

चूडामणि उप्रेती ‘गोरे’का बुबा नेत्रप्रसाद उप्रेतीले मोरङ अदालतमा छोरासँग भेट गरेका छन् । साढे ३३ किलो सुन प्रकरणसँग जोडिएर सनम शाक्यको हत्या भएको खबरसँगै गोरेका बुबा र आमाले मोरङ उर्लाबारीको घर छाडेका थिए । त्यसपछि उनीहरु कहाँ बसे भन्ने जानकारीमा थिएन ।

Global Ime bank

निकै भावुक मुद्रामा मोरङ अदालत पुगेका बुबा नेत्रप्रसाद उप्रेतीले बन्द इजलाशको ‘ब्रेक टाइम’ मा छोरा गोरेलाई भेटेका हुन् । भेटअघि बाह्रखरीसँग कुरा गर्दै नेत्रप्रसाद उप्रेतीले भने, “पटक–पटक मैले छोरोलाई के गर्छस् भनेर सोध्दा कहिल्यै बताएन, सबै राम्रो काम हो भन्थ्यो । एक वर्षअघि सनम र गोरेलाई मैले घरमा आएको बेला लौरोले पनि कुटेको थिएँ, तिमीहरुले के काम गरिरहेका छौ रु मैले नराम्रो सुनिरहेको छु भनेर ।” 

उनले अहिलेको घटनाले आफूलाई असह्य पीडा भएको बताउँदै भने, “‘जे सोचेको थिइन, त्यही भयो । मन थामेर बसेको छु, मुटु दह्रो पारेको छु ।”

नेत्रप्रसादले आफूले दुई महिनापछि छोरालाई भेट्न लागेको बताए । गोरे प्रायः बुबाको मुख हेर्ने दिन मात्र आफूलाई भेट्न आउने गरेको र अन्य बेला कम आउने गरेको उनले बताए । छोराले गलत गरेको भए कानुनअनुसार कारबाही गर्नुपर्ने बुबाको धारणा थियो । 
उनले सुनकाण्डमै पक्राउ परेका पूर्व डिआइजी गोविन्द निरौला र आफू सँगै पढेको साथी भएको पनि बताए । मोरङ अदालतमा बुधबारदेखि गोरेको बयान चलिरहेको छ । गोरेलाई साढे ३३ किलो सुन र अन्य तस्करीसँगै सनम हत्याको मुख्य अभियुक्त बनाइएको छ । 

फाइल तस्बिर 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC