site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रुस विश्वकपपछि देखिनेछैनन् यी स्टार खेलाडी
Ghorahi CementGhorahi Cement

विश्वकप फुटबल जति नजिकिँदो छ, त्यति नै यसको रौनक विश्वभर फैलिँदै छ । रुसमा हुने विश्वकप फुटबलको उपाधि कुन राष्ट्रले जित्ला ? महिनौंदेखि विभिन्न आँकलन र तर्कहरू राख्दै गर्दा यही विश्वकपदेखि केही लेजेण्ड खेलाडीहरू आगामी हुने प्रतियोगितामा देखिने छैनन् ।

पटक पटक विश्वकप खेलिसकेका भेट्रान खेलाडीहरू कुनै कालखण्डमा निकै चर्चित बने र छन् पनि । तर सधैभरी खेलाडीले निरन्तर खेल्न सक्दैनन् । सन् २०१८ को विश्वकपपछि यी खेलाडी आफ्नो टिमबाट विश्वकपमा देखिने छैनन् ।

आन्ड्रेस इनिएस्टा
विश्वका चर्चित खेलाडीकै दर्जामा पर्ने गर्छन् आन्ड्रेस इनिएस्टा । स्पेनलाई विश्वकपको उपाधि समेत दिलाएका इनिएस्टाको यो अन्तिम विश्वकप हो । इनिएस्टाले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनल खेलमा गोल गर्दै स्पेनलाई उपाधि दिलाएका थिए । स्पेनले अहिलेसम्म १ पटकमात्रै विश्वकपको उपाधि चुमेको छ ।

Agni Group

३४ वर्षीय इनिएस्टाले विश्वकपमा सन् २००६ मा डेब्यु गरेका थिए । साउदी अरेबियाविरुद्धको खेलमा स्पेन १–० गोलअन्तरले विजयी भएको थियो ।

इनिएस्टाले अहिलेसम्म ३ वटा विश्वकप खेलिसकेका छन् । सन् २००६, २०१० र २०१४ मा उनले आफ्नो देशबाट विश्वकप खेलेका थिए । रुसमा हुने २०१८ को विश्वकप सहित गरेर उनले ४ पटक विश्वकप खेल्न लागेका हुन् । के उनले २०१८ को विश्वकप आफ्नो देशलाई दिलाउँदै विश्वकप फुटबल सुखद अन्त्य गर्लान् त ?

Global Ime bank

उनैको कप्तानीमा रहेको बार्सिलोनाले केही दिनअघि मात्रै स्पेनिस ला लिगा लिग फुटबलको उपाधि उचालेको थियो । मिडफिल्डर इनिएष्टाले सिजनको अन्त्यसँगै क्लब छाड्ने बताइसकेका थिए । रियल सोसीडाडविरुद्धको खेल इनिएष्टाको बार्सिलोनाका लागि अन्तिम खेल थियो । खेलपछि निकै भावुक देखिएका इनिएष्टाले बार्सिलोनामा खेल्न पाउनु आफ्नो लागि सबैभन्दा सुखद क्षण रहेको बताउँदै बार्सिलोना आफ्नो मनमा सधै रहने बताएका थिए ।

बार्सिलोनाको युथ र सिनियर टोली गरी २२ वर्ष बिताएका इनिएष्टाले बार्सिलोनाबाट २२ मुख्य उपाधि जितेका छन् । इनिएष्टाले बार्सिलोनाको सिनियर टोलीमा भने १६ वर्ष बिताए । बार्सिलोनाबाट इनिएष्टाले ९ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग, ६ पटक कोपा डेल रे र ३ पटक क्लब विश्वकपको उपाधि जितेका छन् । 
पूर्व स्पेनिस खेलाडी ज्यावीले इनिएस्टा सधैभरी सबैभन्दा प्रतिभाशाली स्पेनिस भएको बताएका छन् ।

जाभियर मासिरानो 
जाभियर मासिरानो अर्जेन्टिनाका त्यस्ता डिफेन्डर हुन्, जसले विपक्षी टिमका स्टाइकरलाई कुशलपूर्वक राक्ने क्षमता राख्छन् । त्यसैले त उनी सन् २००६ को विश्वकपदेखि निरन्तर टिममा छन् ।

सन् २०१४ मा भएको विश्वकप फुटबलको सेमिफाइनल खेलमा नेदरल्याण्ड्स विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिम अर्जेन्टिनालाई फाइनलमा प्रवेश गराएका थिए । ३३ वर्षीय मासिरानोले सन् २००३ देखि राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाएका छन् । बार्सिलोनामा लामो समय बिताएका मासिरानो चीनको क्बलबाट खेल्ने तयारीमा छन् ।

मासिरानोले सन् २००६, २०१० र २०१४ गरी अहिलेसम्म ३ पटक विश्वकप खेलिसकेका छन् । केही दिनपछि रुसमा हुने विश्वकप उनको चौथो विश्वकप हो । सन् २०१४ मा ब्राजिलमा सम्पन्न भएको विश्वकपको उपविजेता बनेको अर्जेन्टिनाका लागि उनको योगदान महत्वपूर्ण छ । उनको यो अन्तिम विश्वकप हो । 

जुनै खेलाडीलाई पनि विश्वकप जिताउने सपना हुन्छ । मासिरानोसँग पनि त्यही सपना छ तर, यसअघिका तीनै विश्वकपमा जर्मनी बाधक बनेको थियो । सन् २००६ मा भएको विश्वकपमा क्वाटरफाइनलमा जर्मनीसँग अर्जेन्टिना पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यस्तै, सन् २०१० मा पनि जर्मनीसँग अर्जेन्टिना क्वाटरफाइनलमा नै ४–० गोलअन्तरले पराजित हुँदै बाहिरिएको थियो । त्यसो त सन् २०१४ को विश्वकपमा उपाधि नजिक रहेको अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले नै उपाधि जितेपछि मासिरानोको पनि आफ्नो टिमलाई उपाधि दिलाउने सपना चकनाचुर भएको थियो । यो पटक अर्जेन्टिना उपाधिको दाबेदार राष्ट्र नै हो । 

बार्सिलोनाका पूर्व प्रशिक्षक पेप गार्डिओलाले भनेका छन्, “जाभियर मेरो करिअरमा प्रतिभाशाली खेलाडीहरूमध्ये देखिएको एक खेलाडी हुन् ।”

राफेएल माक्र्युज
राफेएल माक्र्युज त्यस्ता मेक्सिकन खेलाडी हुन् हुन्, जसले अहिलेसम्म ४ पटक विश्वकप खेलिसके । अब उनको यो अन्तिम विश्वकप हो ।
राफेएलको लागि यो अन्तिम मौका हो । उनले २००२ सालदेखि विश्वकप खेल्न थालेका हुन् । अहिलेसम्म आफ्नो टिमलाई विश्वकपमा निरन्तर सहभागी गराउन सफल राफेएल मेक्सिकोका लागि गौरव बोकेका खेलाडी हुन् ।

तर, अहिलेसम्म मेक्सिको प्रि–क्वाटरफाइनलबाट माथि जान सकेको छैन । ३९ वर्षीय राफेएलले सन् १९९७ बाट मेक्सिको टिमबाट खेल्न थालेका थिए । उनले सन् २००२, २००६, २०१० र २०१४ मा सम्पन्न विश्वकप फुटबल खेले । विश्वकपमा अहिलेसम्म मेक्सिकोको सफल यात्रा नभएपनि रुसमा हुने विश्वकपमा कस्तो रहला ?

टिम काहिल
टिम काहिल त्यस्ता अष्ट्रेलियन खेलाडी हुन्, जसले अहिलेसम्म विश्वकपमा ५ गोल गरिसकेका छन् । ३८ वर्षीय काहिल सन् २०१८ को विश्वकप फुटबलपछि उनले सन्यास लिँदैछन् ।
अष्ट्रेलियाले पहिलो पटक विश्वकपमा सन् १९७४ मा भाग लिएको थियो । त्यसपछि एकैपटक सन् २००६ मा मात्रै छनोट भएको थियो ।

अष्ट्रेलियाका काहिल त्यस्ता खेलाडी हुन्, जसले सन् २००६ को विश्वकपमा जापान विरुद्ध ३–१ गोलअन्तरले पराजित गर्दा इतिहास बनाउन सफल भए । उनले विश्वकप फुटबलमा अष्ट्रेलियाका लागि पहिलो गोल कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए । उनले अष्ट्रेलियाका लागि विश्वकप फुटबलमा सर्वाधिक ५ गोल गरेका सन् । सन् २००६ मा २ गोल, २०१० मा १ र सन् २०१४ मा काहिलले २ गोल गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC