site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्दीप टाटाको ब्रान्ड एम्बेस्डर, कम्पनीद्वारा कार प्रदान
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट  खेल्ने पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने टाटा कम्पनिको ब्राण्ड एम्बेसडर बनेका छन् । सन्दीपले बुधबार टाटा मोटर्सको आधिकारिक  बिक्रेता  सिप्रदी ट्रेडिङ प्रालिसँग ब्राण्ड एम्बेसडर सम्झौता गरेका छन् ।

सिप्रदी ट्रेडिङ सीईओ राजेश बाबु श्रेष्ठ र सन्दीपले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सिप्रदी र सन्दीपले तीन बर्षको लागि सम्झौता गरेका हुन् । सम्झौतासँगै दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेलेका लेग स्पिनर सन्दीपलाई सिप्रदीले टाटा टिगोर कार  प्रदान गरेको छ । सन्दीपलाई सिप्रदीका सीईओ श्रेष्ठले साँचो हस्तान्तरण गरे । उक्त कारको बजार मूल्य २४ लाख ९५ हजार रहेको छ ।

Agni Group

दिल्लीको टोलीबाट सुरुवाती खेल खेल्न नपाएको सन्दीपले अन्तिम ३ खेल खेलेका थिए । आईपीएलको अक्सनबाट २० लाख भारुमा दिल्लीमा आबद्द भएका सन्दीपलाई दिल्लीले प्ले अफमा पुग्न असफल भएपछि मौका दिएको थियो । तर, सन्दीपले खेलेका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका सन्दीपले ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका हुन् ।

Global Ime bank

१७ बर्षीय सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् । यू – १९ टोलीका कप्तान समेत रहेका सन्दिप यसै सिजन क्यारेबियन प्रिमियर लिगमा समेत आबद्द भएका छन् ।
\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC