site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गोरेलाई ६३ जना अभियुक्तको फोटो देखाउँदै सोधियो– कति जनालाई चिन्नुहुन्छ ?
Sarbottam CementSarbottam Cement

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका लागि कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

जिल्ला अदालत मोरङमा बुधबार करिब ६ घण्टा बिताएका गोरेलाई वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी सुरेन्द्र सिटौलाको कमाण्डमा रहेका बाक्लो संख्याका प्रहरीले कडा सुरक्षा दिएका थिए ।
बयानको पहिलो चरणमा अभियोग लागेका ६३ जनाको एक–एक गरेर फोटो देखाउँदै कस–कसलाई चिनेको छ भनेर सोधिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले  एम के अग्रवाल, भुजुङ गुरुङ,  श्याम खत्री र अन्य भारतीय व्यपारीहरुको नाम लिएका थिए । को को भारतीय व्यापारीहरुको नाम लिए भन्ने बिषय खुल्न सकेको छैन । उनी पक्षका कानुन व्यवसायी यमबहादुर मगरका अनुसार अर्काे प्रसंगमा गोरेले भनेका छन्, “सनमको हत्या मैले गरेको हैन ।”

उनले सुन तस्करीमा आफूलाई फसाउन खोजिएको र आफू निर्दोष भएको दाबी गरेका छन् ।

Global Ime bank

यसअघि पक्राउ परेका व्यक्तिहरु नै प्रहरी हिरासतभित्र मारिएको भन्दै गोरेले आफू मानवअधिकारवादी संस्थाको निगरानीमा प्रहरीसँग बस्न तयार भएको बताएका छन् ।

उनले जिल्ला अदालत मोरङमा यस्तो माग गर्दै निवेदन दर्ता गराएका छन् ।  

जिल्ला अदालतले भने चुडामणि उप्रेती गोरेको कडा सुरक्षा व्यवस्था गर्न प्रहरीलाई भनेको छ ।

आज पनि गोरेको बयान जारी रहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC