site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा बिरामीको सेवा गर्दा आफैँ संक्रमित भइ ज्यान गुमाएकी ‘हिरो नर्स’ को चर्चा
Ghorahi CementGhorahi Cement

बीबीसी । भारतको दक्षिणी प्रदेश केरेलामा अहिले ‘निपा’ नामक खतरनाक भाइसको प्रकोप बढेको छ । यसैमा एक २८ वर्षीया नर्स लीनीले आफ्ना बिरामीको रातभर सेवा गर्दागर्दै आफैँ पनि भाइरसको शिकार बनेपछि ज्यान गुमाएकी छन् । तिनै लीनीले आफ्नो अन्तिम समयमा पतिलाई दुई छोराहरुको हेरचाह गर्नु भन्दै लेखेको नोटले सामाजिक सञ्जालमा अधिक चर्चा पाएको हो ।  

केरेलामा फैलिरहेको यस निपा भाइरसका कारण अहिलेसम्म नौजनाको मृत्यु भइसकेको छ भने ४० जनाको कडा नियन्त्रणमा उपचार भइरहेको छ । वास्तवमा यो भाइरस छिट्टै सर्ने हुनाले संक्रमित बिरामीलाई छुट्टै राखेर उपचार गराउनुपर्ने हुन्छ । जनावरबाट संक्रमित हुने यस भाइरसको कुनै सुई र निश्चित औषधि नभएका कारण पनि यसबाट संक्रमित हुने बिरामीको मृत्युदर ७० प्रतिशत रहेको बताइएको छ । यसको मुख्य लक्षण ज्वोरो आउने, बान्ता हुने र टाउको दुख्ने रहेका छन् । यो घटनापछि केरेला र भारतभरका सबै स्वास्थ्य संस्थाहरु सावधान बनेका छन् भने ठाउँठाउँमा स्वास्थ्य सिविर राखि अहिले घरघर गएर सचेत गराउने अभियान पनि सुरु गरिएको छ । 

Agni Group

यसैबीच तीनजनाको परिवारलाई सेवा गरिरहेकी लीनीले रातभर बिरामीसँगै खटेर बसेपछि आइतबार उनलाई पनि ज्वरो आएको थियो । त्यसपछि आफूलाई पनि संक्रमण भएको शंकामा उनले आफैँलाई अस्पताल भर्ना गराएकी थिइन् । संक्रमण भएको ४८ घण्टामै यस रोगका बिरामी कोमामा गइ मृत्यु हुने थाहा भएकाले उनले आफ्नो अन्तिम समयअघि पतिलाई एक सन्देश लेखेकी थिइन् । बहराइनमा काम गर्दै गरेका उनका पति उनको अवस्थाबारे थाहा पाउनासाथै केरेला आएका थिए । तर लीनीको मृत्युपछि मात्र उक्त नोट पतिलाई दिइएको थियो । मृत्युपछि लीनीको शव समेत परिवारलाई नबुझाएर चिकित्सकहरुकै निगरानीमा उनको अन्तिम संस्कार गरिएको बताइएको छ । सामाजिक संजालमा उनको नोट भाइरल भएपछि उनको मृत्युलाई धेरैले ठूलो त्याग बताएर उनलाई ‘हिरो नर्स’ को नाम दिएका छन् । प्रदेशका मुख्य मन्त्रीले समेत ट्वीट गर्दै उनको निःस्वार्थ कार्यलाई याद राखिने बताएका हुन् ।

विश्व स्वास्थ्य संस्थाले सार्वजनिक गरेको भविष्यका ठूला प्रकोपहरुको सूचीमा निपा भाइरसको नाम पनि शीर्ष १० मा रहेको छ । हाल बिरामी बाहेक अन्य ६० जना मानिसहरुको रगत र तरल पदार्थ पनि परीक्षणका लागि लगिएको छ । यो रोग विशेषगरी चमेराबाट फैलिएको बताइएको छ भने कतिपय अनुसन्धानमा यो अस्वस्थ सुँगुरबाट पनि संक्रमित हुने बताइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC