काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्रालिको सह–कम्पनी सिप्रदी अस्र्योड प्रालिले नेपालमा गाडीहरुको बृहत अक्सन मेला आयोजना गर्ने भएको छ । अक्सन मेला यही जेठ ११ र १२ गते सिप्रदी अस्र्योड, थापाथलीमा आयोजना हुने भएको हो ।
मेलामा नेपालमै पहिलोपटक आयोजना हुन लागेको अक्सन मेलामा विभिन्न ब्रान्डका ६० भन्दा बढी ब्रान्डेड गाडी समावेश हुने आयोजकले जनाएको छ ।
यस मेलामा ग्राहकले आफूलाई मन परेको वा आवश्यक गाडीको अधिकतम बोली लगाई उक्त गाडीलाई आफ्नो बनाउन सक्नेछन् । ग्राहकको सुविधालाई मध्यनजर गर्दै सिप्रदी अस्र्योडले वारेण्टीसहित गाडीहरुको नामसारी पनि गर्ने जनाएको छ ।
सिप्रदी अस्र्योडले सेकेन्ड ह्यान्ड गाडीको बिक्रीवितरण तथा सट्टापट्टा गर्दै आएको छ ।