site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यास
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भिलियर्सले बुधबार सबैखाले फर्म्याटको क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
दक्षिण अफ्रिकामा महान क्रिकेटरमा स्थापित ३४ वर्षीय डी भिलियर्सले १४ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् । डी भिलियर्सले आफू थकित भएका कारण यो समय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने उपयुक्त समय रहेको बताएका छन् ।
सन्यासबारे डी भिलियर्सले भनेका छन, “सबै खाले फर्म्याटको क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु । मेरो लागि यो कठिन निर्णय हो ।” यस्तै उनले आफूले नयाँ खेलाडीलाई मौका दिन यो समयमा सन्यास लिएको बताएका छन् ।
दक्षिण अफ्रिकाका पूर्व कप्तानसमेत रहेका डी भिलियर्सले ११४ टेष्ट, २२८ एक दिवसीय र ७८ टि – ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । डी भिलियर्सले टेष्टमा ८ हजार ७६५ रन जोड्दा २२ शतक र ४६ अर्धशतक बनाएका छन् । यस्तै उनले एक दिवसीयमा २५ शतक र ५३ अर्धशतकसहित ९ हजार ५७७ रन बनाउँदा टि – ट्वान्टीमा १ हजार ६७२ रन बनाएका थिए ।
डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटमा केहि कीर्तिमानी प्रदर्शन समेत गरेका छन् । विश्व बरियतामा दोस्रो स्थानमा रहेका डी भिलियर्सले एकदिवसीय क्रिकेटमा सर्वाधिक चाँडो अर्धशतक र शतक बनाउने कीर्तिमान बनाएका छन् । डी भिलियर्सले १६ बलमा अर्धशतक र ३१ बलमा शतक बनाउँदै कीर्तिमान कायम गरेका हुन् ।

डी भिलियर्सले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए  । तर, बैंगलोर यो सिजन प्ले अफमा पुग्न असफल भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC