काठमाडौं । बुधबार पनि नेप्से घटेर बन्द भएको छ । दिनभर तीव्र रुपमा अस्थिर बनेको सेयर बजारले यसदिन पनि अघिल्लो दिनझैं प्रवृत्ति देखाएको हो ।
यसदिन नेप्से ४.५५अंकले घट्दा बजारमा अघिल्लो दिनभन्दा २४ करोड रुपैयाँ कमको कारोबार भयो । अघिल्लो दिन करिब ५४ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार १६१ कम्पनीका ६ लाख ९३ हजार ७३० कित्ता सेयर २९ करोड ९६ लाख ८५ हजार ८८८ रुपैयाँमा किनबेच भएका हुन् ।
केही दिनयता ओरालो लागेको सेयर बजारका लगानीकर्ता अहिले हन्फिडेन्स आउन सकेको छैन । जानकारहरुका अनुसार सरकारको नीति तथा कार्यक्रममा शेयर बजारका विषयमा खासै नसमेटिएपछि शेयर बजारका लगानीकर्ताहरू बजेटको पर्खाइमा रहेको जानकारहरुको दावी छ । “पर्ख र हेर”कै अवस्थामा बजारमा कारोबार पनि सन्तोषजनक नभएको उनीहरु बताउँछन् ।
नेप्से घट्दा यसदिन “क” वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.०९ अंकले ओरालो लागेको छ भने कारोबारमा आएका अन्य र लघुवित्त समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।
यसदिन कालिका माइक्रोक्रेडिटको कारोबार उच्च हुँदा मिथिला लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो ।