site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त कु्न्दुजमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी छ जना आतङ्ककारी मारिएका छन् । तालिबान आतङ्ककारी समूहलाई लक्ष्यगरी गरिएको यस कारबाहीमा उक्त संगठनका एक जना प्रमुख कमाण्डरसहित छ आतङ्ककारी मारिएका छन् । 

सो कारबाहीमा परी कमाण्डर मुल्लाह करिम मुख्लिसको मृत्यु भएको अफगान गृह प्रशासनले जानकारी दिएको छ । कुन्दुज प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्लाह टिमुरीले बुधबार सो जानकारी दिएको पनि अर्को एक समाचारमा जनाइएको छ । 

Agni Group

अफगानिस्तानमा आतङ्ककारीको बढी प्रभाव रहेको इलाकालक्षित हवाई कारबाहीमा अफगान सेनालाई नेटो र अमेरिकी सेनाको सहयोग रहँदै आएको छ । 

पछिल्लो समयमा यहाँका आतङ्ककारीले सर्वसाधारण नागरिक र सुरक्षा निकायलाई लक्ष्य गरेर आक्रमणलाई तीब्र पारेकोले सुरक्षा निकायले पनि कारबाहीलाई सशक्त बनाएको बताइएको छ । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC