site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मानवअधिकारकर्मीको रोहबरमा हिरासतमा राख्न गोरेको निवेदन
Ghorahi CementGhorahi Cement

काठमाडौं । ३३ किलो सुन गायब र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले आफूलाई मानव अधिकारकर्मीको रोहबरमा हिरासतमा राख्न निवेदन दिएका छन् । उनले आफ्ना वकिलमार्फत् मोरङ जिल्ला अदालतमा यस्तो निवेदन दर्ता गराएको अधिवक्ता यमबहादुर मगरले बताए । 

सुन प्रकरणमै पक्राउ परेका नेपाल वायुसेवा निगमका कर्मचारी प्रेमनारायण चौधरीले प्रहरी हिरासतमै आत्महत्या गरेको सन्दर्भमा गोरेले सुरक्षाका लागि निवेदन दिएका हुन् । मंगलबार काठमाडौंबाट पक्राउ परेका गोरेको बुधबारबाट मोरङ जिल्ला अदालतमा बयान लिने क्रम सुरु भएको छ । बुधबारको बयान स्थगित गरिएको र बिहीबार) कार्यालय समयबाट फेरि बयान लिइने गोरेका वकिल मगरले बताए । बुधबारको बयानमा गोरेले सनम शाक्यको हत्या र सुन गायब प्रकरणमा आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् ।

Agni Group

मोरङ जिल्ला अदालतमा बुधबार बयान दिँदै गोरेले दुवै प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका हुन् ।  न्यायाधिश नारायण शर्माको इजलाशमा गोरेको बयान जारी छ । बन्द इजलाशमा जारी बयानमा गोरेले सुन र सनम हत्याबारे सबै कुरा भुजुङ गुरुङ र एमके अग्रवाललाई थाहा भएको तर्क प्रस्तुत गरेका छन् । बन्द इजलाशमा गोरेले सनमलाई यातना दिएको भिडियो देखाएर यो को हो त ? भन्दा गोरे पक्षका वकिल यमबहादुर मगरले प्रतिवाद गरेपछि भिडियो देखाइएन ।

यो पनि पढ्नुहाेस्
 

Global Ime bank

गोरेको बयान बन्द इजलाशमा, खुल्ला त थप रहस्य ?

कस्तो थियो गोरे र सनमको सम्बन्ध ? गोरे भन्थे– सनम ! तिम्रा लागि जे नि गर्छु 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC