site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली सरकारका मन्त्री को कति धनी !
Sarbottam CementSarbottam Cement

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका १८ मन्त्री र एक राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामान्यतयाः सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा बहाल रहेको ३० दिनभित्र सम्पत्ति सार्जनिक गरिसक्नुपर्ने सम्वैधानिक प्रावधान छ । 

हेरौँ कसको कति सम्पत्ति ?

प्रधानमन्त्री केपी ओलीसँग ४२ लाख नगद र १७ तोला सुन

Prabhu Bank
Agni Group
NIC Asia

\"\"
प्रधानमन्त्री केपी ओलीले बुझाएको सम्पत्ति विवरणमा उनले आफ्नो नाममा ४२ लाख नगद र १७ तोला सुन रहेको बताएका छन् । त्यस्तै, पत्नी राधिका शाक्यको नाममा १० लाख रहेको विवरण उल्लेख गरिएको छ । 
पत्नी राधिका शाक्यकै नाममा भक्तपुर सूर्यविनायकमा डेढ रोपनी जग्गा र तीन तलाको दुईवटा घर र झापा पृथ्वीनगरमा १० कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

अर्थमन्त्री डा युवराज खतिवडासँग एक करोड नगद, १० तोला सुन

Global Ime bank

\"\"
राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै अर्थ मन्त्रालय सम्हाल्न आइपुगेका डा युवराज खतिवडा धनाढ्य अर्थमन्त्रीमा दरिएका छन् । मन्त्री खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमती कमला खतिवडा र उनको नाममा काठमाडौँ महानगरपालिका वडा नं. ४ मा एक रोपनी, ३ आना र भक्तपुर चाँगुनारायणमा एक रोपनी ८ आना जग्गा रहेको उल्लेख छ । 

त्यस्तै झापा गौरादहमा ४ रोपनी, झापा बुद्धशान्ति गाउँपालिकामा १० आना र काठमाडौँ कागेश्वरीमै ४ रोपनी एक आना दुई दाम जग्गा रहेको उल्लेख छ ।
अर्थमन्त्रीसँग १० तोला सुन, एक केजी चाँदीका गरगहना र एक करोड नगद रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । 

रक्षामन्त्री ईश्वर पोखरेलसँग ७ लाख नगद, ८ तोला सुन

\"\"
रक्षामन्त्री ईश्वर पोखरेलले बुझाएको सम्पत्ति विवरमा आफ्नो नाममा ७ लाख नगद देखाएका छन् । त्यस्तै पत्नी मिरा पोखरेलको नाम ६ लाख चालिस हजार नगद रहेको उल्लेख छ । त्यस्तै ७–८ तोला सुन २२–२५ तोला चाँदी रहेको पनि पोखरेलको सम्पत्ति विवरणमा उल्लेख छ ।
विभिन्न ठाउँमा गरी ५ रोपनी ११ आना १२ कट्ठा जग्गा रहेको पनि उनले बताएका छन् ।
पोखरेलको नाममा काठमाडौँको धापासीमा २३ आनामा निर्मित ३ तले घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापा बादलसँग ३ लाख नगद र ६ तोला सुन

\"\"
यसअघि रक्षामन्त्रीसमेत भइसकेका गृहमन्त्री रामबहादुर थापा बादलले ३ लाख नगद र ६ तोला सुन सार्वजनिक गरेका छन् । त्यस्तै पत्नी नैनकला थापाको नाममा भरतपुर नगरपालिका १० मा ६ लाखमा खरिद गरेको जग्गा र सोही महानगरपालिकाको ११ नम्बर वडामा एक लाख मूल्यमा खरिद गरेको २३७.०५ वर्ग मिटरको जग्गा रहेको सार्वजनिक गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग २१ लाखमा खरिद गरेको घरजग्गा, १४ लाख ८५ हजार ऋण

\"\"
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौँ महानगरपालिका–३१ मा ४ आना २ पैसा ३ दाममा बनेको २ तले घर र व्यक्ति तथा वित्तीय संस्थासँग लिएको १४ लाख ८५ हजार ऋण देखाएका छन् ।
त्यस्तै ज्ञवालीसँग २ लाख ६१ हजार २८३ नगद रहेको पनि उल्लेख छ । उनले अन्यमन्त्रीभन्दा पृथक २५ सय पुस्तक आफूसँग रहेको बताएका छन् ।

ऊर्जामन्त्री  वर्षमानसँग ७ लाख नगद र १५ तोला सुन

\"\"
ऊर्जामन्त्री वर्षमान पुनले आफूसँग ७ लाख नगद र १५ तोला सुन रहेको सम्पत्ति सार्वजनिक गरेका छन् । त्यस्तै उनले आधा केजी चाँदी र रोल्पामा रहेको तीन वटा घर सम्पत्ति विवरणमा खुलाएको छन् । दाङ र रोल्पामा गरी करिब २ लाख मूल्य बराबरको जग्गा रहेको उल्लेख गरेका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग २२ रोपनी जग्गा र ३ लाख ८० हजार नगद

\"\"


शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा खोटाङमा २२ रोपनी जग्गा र विभिन्न बैंकमा गरी ३ लाख ८० हजार नगद भएको उल्लेख गरेका छन् ।

आपूर्तिमन्त्री मातृका यादवसँग साढे दुई धुरमा बनेको दुईवटा घर 

\"\"

आपूर्तिमन्त्री मातृका यादवले पत्नी प्रमिलादेवी यादवको नाममा सिरहा र धनुषामा गरी साढे दुई धुर जग्गामा बनेको घर सार्वजनिक गरेका छन् । त्यस्तै धनुषा, सिरहा र ललितपुरमासमेत गरी ३० लाख बढी मूल्यको जग्गा सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

भौतिक पूर्वाधार तथा यातायतामन्त्री  रघुवीर महासेठको दाइजोमा २५ तोला सुन

\"\"
भौतिक पूर्वाधार तथा यातायतामन्त्री रघुवीर महासेठले ७२ लाख नगद र ५२ तोला सुन आफूसँग रहेको बताएका छन् । त्यसमध्ये २५ तोला सुन दाइजोमा आएको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसबाहेक धनुषा, काठमाडौं र ललितपुरमा पनि जग्गा देखिएको छ ।
जुली कुमारी महतोको नाममा धनुषामा १६ हजार ५ सय वर्गमिटर पैतृक सम्पत्ति, त्यसैगरी धनुषाको क्षिरेश्वर नगरपालिकामा ८ विगाहा, सिन्धुली, ललितपुरमा पनि महतोको नाममा जग्गा रहेको विवरण उल्लेख छ ।

श्रम मन्त्री गोकर्ण विष्टसँग ४८ हजार नगद र सात तोला सुन

\"\"
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आफूसँग सात तोला सुन र ४८ हजार नगद रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पत्नी प्रतिमा श्रेष्ठको नाममा ६ लाख ८२ हजार रुपैयाँ बैंकमा मौज्दात रहेको पनि विवरणमा उल्लेख गरेका छन् ।
त्यस्तै उनले ४० लाखमा खरिद गरेको घरजग्गाा र विभिन्न वित्तीय संघसंस्थलाई बुझाउनुपर्ने ७३ लाख ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

वनमन्त्री शक्ति बस्नेतसँग २ लाख नगद र पार्टीको नाममा रहेको स्कोरपियो

\"\"
वनमन्त्री शक्ति बस्नेतले आफूसँग दुई लाख नगद र पार्टीको नाममा रहेको स्कोरपियो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै ३ लाख दश हजार बराबरको सेयर खरिद गरेको पनि उनले सम्पत्ति विवरण फारममा खुलाएका छन् ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग २५ लाख नगद र १० तोला सुन

\"\"
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो नाममा रहेको २५ लाख नगद र पत्नी विमला पण्डितको नाममा रहेको ३५ लाख नगद सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन् । त्यस्तै विराटनगर महानगरपालिका–१२ मा  १ कट्ठामा बनेको ५ कोठे घर, विराटनगर–१२ मै १ कट्ठामा बनेको घर, सर्लाहीमा ४ बिघा, ललितपुर भैँसेपाटीमा पत्नी विमला पण्डितको नाममा रहेको ४ आना जग्गा सम्पत्ति विवरणमा खुलाएका छन् ।

महिला बालबालिका मन्त्री थममाया थापासँग १ तोला सुन र १५ हजार नगद

\"\"
महिला बालबालिका मन्त्री थममाया थापा ‘गरिब’मन्त्रीमा दर्ज भएकी छन् । उनीसँग एक तोला सुन, म्याग्दीको बेनीमा ७ आना १ पैसा ८ दाम जग्गा र १५ हजार नगदमात्रै रहेको सम्पत्ति विवरण फारममा उल्लेख छ ।

खेलकुदमन्त्री जगत विश्वकर्मासँग ५० तोला सुन र १३ लाख नगद

\"\"
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग ५० तोला सुन र १३ लाख नगद रहेको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । त्यस्तै मन्त्री विश्वकर्माले पत्नीको नाममा ७ लाख नगद रहेको र पोखरा लेखनाथ नगरपालिकामा २ रोपनी १३ आनामा बनेको घर सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग सगोलमा ६० तोला सुन र २५ लाख नगद

\"\"
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सगोलमा ६० तोला सुन र आफ्नो नाममा रहेको करिब २५ लाख नगद सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तीन पटक सांसद्, विकास समितिको सभापतिसमेत भएका अधिकारीले हाइड्रोपावरमा तीस लाख बराबरको सेयर रहेको उल्लेख गरेका छन् ।

कानुनमन्त्री शेरबहादुर तामाङसँग १ लाख २८ हजार नगद, ७० लाख ऋण

\"\"
कानुनमन्त्री शेरबहादुर तामाङले १ लाख २८ हजार नगद, ७० लाख ऋण सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै उनले काठमाडौँ गोकर्णेश्वरमा ३ आना ३ पैसा २ दाममा बनेको अढाइ तल्ले घर र पत्नी उषाकला राईसमेतको नाममा विभिन्न ठाउँमा गरी १२० रोपनी भन्दा बढी जग्गा सार्वजनिक गरेका छन् ।

चक्रपाणि खनालसँग ८ लाख १६ हजार नगद र ६ तोला सुन

\"\"
कृषि तथा भूमिसुधारमन्त्री चक्रपाणि खनालले आफ्नो नाममा  ६ तोला सुन र ८ लाख १६ हजार नगद र पत्नी यमा बञ्जाडेको नाममा ६ लाख ८० हजार नगद रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै १० लाख ३७ हजार २७५ मूल्य बराबरको सेयर खरिद गरेको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

बिना मगरसँग प्रकाश दाहालको नाममा रहेको स्कुटर र ५ तोला सुन

\"\"
सररफाइ तथा खानेपानी मन्त्री बिना मगरले प्रकाश दाहालको नाममा रहेको स्कुटर र ५ तोला सुन सम्पत्ति विवरणमा सार्वजनिक गरेकी छन् । त्यस्तै भरतपुर महानगरपालिका–१४ मा रहेको २ कट्ठा र सीता दाहालको नाममा रहेको भरतपुर–१२ को १ कट्ठा जग्गा पनि आफ्नो सम्पत्तिमा खुलाएकी छन् ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पाँच लाख ऋण, १ लाख ८० हजार नगद, एक थान मोटरसाइकल र स्याङ्जाको वालिङमा १२ आना जग्गा भएको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC