site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हावादारी कुराको टेकोले मात्रै मुलुक समृद्ध बन्दैन : देउवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावादारी कुराको टेकोले मात्रै मुलुक समृद्ध नहुने बताएका छन् । सरकारले पेश गरेको नीति तथा कार्यक्रमको बुधबार संसदमा टिप्पणी गर्दै कांग्रेस सभापति देउवाले हावादारी कुराको टेकोले मात्रै मुलुक समृद्ध नहुने बताएका हुन् । 

कम्युनिष्ट गठबन्धनलाई सरकार चलाउन मिलेको मौकालाई हलुका रुपमा नलिन  चेतावनी दिँदै उनले भने, ‘‘छ्यासमिसे र हावादारी कुराको टेकोले मात्रै अव लोकतान्त्रिक, शान्तिपूर्ण, समन्वयत्मक समृद्धशिल राष्ट्र बन्दैन ।’’

कांग्रेस सभापति देउवाले सरकारको नीति तथा कार्यक्रममा नीति भए पनि कार्यक्रमहरु नभएको टिप्पणी गर्दै सरकारले तोकेका लक्ष्यहरु पूरा हुने विश्वासिलो आधार नभएको बताए । 
‘‘नीति तथा कार्यक्रममा नीतिहरु छन् तर कार्यक्रम छैनन् । भर्खरै प्रस्तुत सरकारको सिद्धान्त र प्राथमिकता पनि यस्तै खालको छ,’’ उनले भने, ‘‘योजना र कार्यक्रम बिनाको सपना केवल मनोकामनामात्रै हुन् ।’’

Prabhu Bank
Agni Group
NIC Asia

वर्तमान अवस्थामा मुलुकले दिशाहिन र छरपष्ट सिद्धान्त नीतिको पोको नचाहेको जिकिर गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले बृहत् लगानीबिना व्यापक रुपमा रोजगारीका अवसर सिर्जना गर्ने कुराहरु सरकारको दिवास्वप्न मात्रै भएको टिप्पणी गरे ।  

संघीयतालाई सफल रुपमा कार्यान्वयन गरेर सिंहदरबारको अधिकार गाउँघरमा पुर्याएर जनतालाई सशक्त र सम्पन्न बनाउन प्रति सरकारको ध्यान नगएको उनको भनाइ थियो । नीति तथा कार्यक्रममा संघीयताको कानुनी र प्रशासनीक संरचनालाई क्रियाशिल गराउने विषयमा सरकारको स्पष्ट धारणा आउन नसकेको देउवाको टिप्पणी थियो ।   

Global Ime bank

‘‘प्रदेश र स्थानीय तहलाई निष्प्रभावी बनाउने घुमाउरो नियत काग्रेसलाई मान्य हुनेछैन,’’ सरकारको नीति तथा कार्यक्रममाथि टिप्णी गर्दै उनले सरकारलाई चुतावनी दिए । 

सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको भन्दै देउवाले अनुकूलताको ऐतिहासिक अवसर खेर फाल्न नहुनेमा जोड दिए । ‘‘अहिलेको सरकारलाई काम गर्ने अवसर थियो तर सरकारको नीति तथा कार्यक्रममा कुर्न पनि सिर्जनात्मक सिर्जनाहरु छैनन् । नयाँपन छैन,’’ उनले सरकारसँग प्रश्न गरे, ‘‘सरकारसँग दूरदृष्टि नभएर हो वा नचाहेर हो ?’’ 

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै देशको सीमा रक्षाका लागि बसेका नागरिकहरुलाई राष्ट्रियताको पाठ पढाउनुपर्ने आवश्यकता नभएको कटाक्ष गरे । 
‘‘पूर्व–पश्चिम, उत्तर–दक्षिणमा सीमाको रक्षा गरेर बसेका दाजुभाइ–दिदीबहिनीहरुलाई पानाका पाना राष्ट्रवादको पाठ बढाउन जरुरी छैन,’’ उनले भने, ‘‘नेपाली जनता सबै राष्ट्रवादी छन् । चाहे हिमालमा बसेका हुन्, चाहे पहाडमा बसेका हुन्, चाहे मधेशमा ।’’

पूर्वप्रधानमन्त्री देउवाले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका प्रमुखलाई सम्मानित शब्द प्रयोग नगरेको प्रति आपत्ति जनाए । 

‘‘राष्ट्रपतिजीले सम्मानित शब्द प्रयोग नगरे पनि मचाहिँ सम्मानित सभामुख भन्न चाहन्छु,’’ कांग्रेस सभापति देउवाले संसदलाई सम्बोधन गर्नु अगावै भने ।   


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC