site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यी हुन् दिल्लीको नजरमा तीन प्रतिभाशाली खेलाडी, सन्दीप पहिलो
Sarbottam CementSarbottam Cement

काठमाडौं । दिल्ली डेयरडेभिल्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) विश्लेषण गर्दै ३ प्रतिभाशाली खेलाडी पहिचान गरेको छ । दिल्लीले आईपीएलमा आफ्नो खेलको दौरानमा खेलाडीले देखाएको प्रदर्शन र क्षमताका आधारमा खेलाडी पहिचान गरेको हो ।

दिल्लीका लागि यो सिजन उपलब्धिमूलक नभए पनि प्रस्तुति शानदार रह्यो । यो सीजनमा सुरूका दुई म्याचमा पराजित भए पनि अन्तिम दुई म्याचमा शानदार जीत पनि निकालेको थियो । दिल्लीको अन्तिम दुई खेलमा जीत महत्वपूर्ण छ, किनभने दिल्लीले दुई पटकको आईपीएल विजेता चेन्नई सुपरकिंग्स र ३ पटकको आईपीएल विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।

दिल्लीले १४ मा ६ म्याच जित्न सफल भयो । महत्वपूर्ण कुरा, विगतका च्याम्पियन टिमलाई दुवै पटक दिल्लीका खेलाडीले हराए । यद्यपि दिल्ली प्लेअफका लागि क्वालिफाइ हुन सकेन । तर यसका बाबजूद पनि केही यस्ता खेलाडी भेटिए, जसको प्रदर्शन सधैं दिल्लीले स्मरण गर्नेछ । यो सीजनमा दिल्लीका लागि ऋषभ पन्तले ६८४ रन बनाए । त्यस्तै, ट्रेन्ट बोल्टले १८ विकेट लिए । 

Prabhu Bank
Agni Group
NIC Asia

दिल्लीका लागि यो सिजनका ३ महत्वपूर्ण खेलाडी

सन्दीप लामिछाने
दिल्लीका लागि यो सिजनमा केही नयाँ प्रतिभावान खेलाडीहरुले यस्तो प्रदर्शन गरे कि जुन स्मरणयोग्य छन् । यसमा सबैभन्दा पहिलो नाम हो, नेपालका लेग स्पिनर सन्दीप लामिछानेको । उनले जति अवसर पाए, त्यसको भरपूर फाइदा उठाए । लामिछानेलाई ३ म्याचमा लगातार अवसर मिल्यो । यी ३ म्याचमा उनले १६ः४४ को औसतबाट ५ विकेट लिए ।
यस क्रममा लामिछानेले ६ः८३ को इकोनमीबाट रन खर्च गरे । जुन एक टी–ट्वान्टी म्याचका लागि अत्यन्तै उत्कृष्ट हो । मुम्बई इन्डियन्सविरुद्धको अन्तिम खेलमा सन्दीपले अमित मिश्रसँग मिलेर दिल्लीको जीतका लागि अहम् भूमिका निभाए ।

Global Ime bank

पृथ्वी शा
त्यस्तै, अर्का खेलाी हुन्, पृथ्वी शा । दिल्लीका लागि दुवै विदेशी सलामी ब्याट्सम्यानले राम्रो शुरूवात गर्न असफल भएपछि भारतका अण्डर–१९ टिमलाई च्याम्पियन बनाउने कप्तान पृथ्वी शालाई मौका दिइयो । शाले कुशल ढंगबाट यसको फाइदा उठाए र ९ म्याचमा २४५ रन बनाए । 
पहिलो म्याचमै पृथ्वीले १० बलमा २२ रनको पारी खेले । त्यसपछि दिल्लीका लागि उनले लगातार मौका पाए । कोलकाता विरुद्ध शवले ६२ रनको शानदार पारी खेले । यो सिजनमा शवले १५३ को स्ट्राइक रेटले रन बनाए ।

अभिषेक शर्मा
दिल्लीले खोज गरेका खेलाडीमा तेस्रो नम्बरमा छन् अभिषेक शर्मा । जसले पहिलो खेलमा नै आफूतिर सवैको ध्यान आकर्षित गरेका थिए । रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध अभिषेकले केबल १९ बलमा ४६ रन बनाएर आफ्नो सानो ट्रेलर देखाए । जसबाट आगामी समय उनीबाट अझै बढी आशा पलाएको छ । यद्यपि अभिषेकलाई वलिङको मौका मिलेन । 

स्रोतः दिल्ली डेयरडेभिल्स


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC