site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनलको प्रशिक्षकमा इम्री नियुक्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले युनी इम्रीलाई प्रशिक्षकमा नियुक्त गरेको छ । आर्सनलले पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व प्रशिक्षक इम्रीलाई बुधबार प्रशिक्षक नियुक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रशिक्षक आर्सेन वेंगरले सिजनको अन्त्यसँगै क्लब छाडेपछि आर्सनलले इम्रीलाई प्रशिक्षक बनाएको हो । स्पेनका ४६ वर्षिय प्रशिक्षक इम्रीले लन्डन क्लब आर्सनलसँग ३ वर्षे सम्झौता गरेका छन् । योसँगै इम्री आर्सनलमा २२ वर्ष ८ महिनापछि नयाँ प्रशिक्षक बन्ने पहिलो प्रशिक्षक बनेका छन् । यसअघि आर्सनलको प्रशिक्षकमा वेंगरले २२ वर्ष बिताएका थिए ।

प्रशिक्षक इम्रीले पिएसजीलाई यो सिजन तीन उपाधि दिलाएर क्लब छाडेका थिए । पिएसजीले इम्रीको स्थानमा बोरुसिया डर्टमण्डका पुर्व प्रशिक्षक थोमस टुचेललाई प्रशिक्षक नियुक्त गरिसकेको छ । इम्रीले सन् २०१४ देखि २०१६ सम्म स्पेनिस क्लब सेभियालाई लगातार तीन पटक युरोपा लिग जिताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC