site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आणविक सम्झौता नगरे उत्तर कोरिया लिबियाको स्थितिमा पुग्ने अमेरिकाको धम्की 
Ghorahi CementGhorahi Cement

बीबीसी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाली शाषक किम जोङलाई आगामी बैठकबारे ट्रम्पसँग कुनै खेल नखेल्न चेतावनी दिएका छन् । फक्स न्युजसँगको अन्र्तवार्तामा पेन्सले ट्रम्प अब आगामी जुन १२ को बैठकमा निश्चित रुपमा सहभागी हुने तय भइसकेकाले उत्तर कोरियाका तर्फबाट कुनैपनि लापरबाहीपूर्ण कदम उठाइए ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् ।

यसअघि राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको बयानका कारण उत्तर कोरिया आक्रामक बनेको थियो । बोल्टनले उत्तर कोरियालाई लिबियाकै तरिकाले परमाणु मुक्त हुन सुझाव दिएका थिए । यसैको प्रतिक्रियामा नेता किम आफैँले ट्रम्पसँगको बैठकमा सहभागी नहुने धम्की दिँदै बोल्टनको कडा आलोचना गरेका हुन् । वास्तवमा लिबियाका पूर्व शाषक मुहम्मर गद्दाफीले पनि प्रतिबन्ध हटाइने बदलामा २००३ मा पश्चिमीको माग अनुसार आफ्नो हतियार कार्यक्रम बन्द गराएका थिए । तर त्यसको ८ वर्षपछि भने पश्चिमी नेतृत्वकै समूहको हातबाट उनको मृत्यु भएको थियो । यसैबीच पेन्सले पनि किमले आगामी बैठकबाट पन्छिन खोजेर वासिङटनसँग आणविक सम्झौता गर्न असफल भएमा उत्तर कोरियाको अवस्था लिबियाकै जस्तो हुने स्पष्ट रहेको बताएका हुन् । 

Agni Group

त्यसैगरी उता अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासप्रति पनि उत्तर कोरियाले धेरैपटक असन्तुष्टि जनाइसकेको छ । यही विषयमा विस्तृत छलफल गर्न मंगलबार दक्षिण कोरियाका राष्ट्रपति मून वासिङटन पुगेका छन् । उत्तर कोरियाको मुद्दामा ट्रम्प कूटनीतिक सम्बन्ध नभएर शान्तिको पक्षमा बढी केन्द्रित रहेको पेन्सको भनाइ छ । त्यसैकारण आइतबार पनि ट्रम्पले आफ्ना मित्र र सल्लाहकारहरु समक्ष किमसँगको बैठकलाई अगाडि लैजानेबारे सुझाव माँगिरहेको खबर बाहिर आएको थियो । 

अर्कोतर्फ परमाणु क्षेत्र नष्ट गर्ने प्रक्रियामा पनि उत्तर कोरियाले कुनै प्राविधिक विज्ञलाई नबोलाउने बताएको छ । त्यसैले यस क्रममा केबल अन्तराष्ट्रिय मिडियाको मात्र उपस्थिति रहनेमा अमेरिकाले बारम्बार चिन्ता व्यक्त गरिरहेको छ । वास्तवमा उत्तर कोरियाले नष्ट गर्ने भनेको पङ्गेरी परमाणु क्षेत्र पहिले नै आधा भन्दा बढी भत्किसकेको विज्ञहरुको भनाइ छ । त्यस्तै उता सैन्य अभ्यासबारे चलिरहेको विवादका कारण उत्तर कोरियाले दक्षिणका संचारकर्मीहरुलाई भने सहभागी नगराउने निर्णय सुनाएको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC