site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मोदीको रुस भ्रमण किन महत्वपूर्ण ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । सोमबार रुस भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री मोदीले बलियो कूटनीतिक सम्बन्धको संकेत गर्दै राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका छन् । सोटिस्थित ब्ल्याक सी रिसोर्टबाट मोदीले भने, ‘रुस भारतको ऐतिहासिक मित्र हो र यी चार वर्षमा पुटिनसँगको मेरो व्यक्तिगत सम्बन्ध पनि नयाँ स्तरमा पुगेको छ जसकारण म अत्यन्तै हर्षित छु ।’

तरपनि गत अप्रिलमा चीन भ्रमणपछि मोदीको रुस यात्रालाई अहिले धेरैले अनौठो मानिरहेको सीएनएनले जनाएको छ । किनकी एकातर्फ मोदीले चीनको सामना गर्न अमेरिका, जापान र अष्ट्रेलियासँग सहकारिता बढाइरहेका छन् भने अर्कोतर्फ उनले चीन, रुस र पाकिस्तान आबद्ध रहेको सांघाइ कोर्पोरेसनसँग पनि अघि बढ्न खोजिरहेका छन् । मोदीको यही रणनीतिका कारण धेरै मानिसहरुले उनी रुस, अमेरिका र चीनलाई लिएर द्विविधामा रहेको टिप्पणी गर्ने गरेका छन् । तरपनि मोदीका लागि रुस भ्रमण अहिलेको परिवेशमा भने धेरै महत्वपूर्ण रहेको विश्वविद्हरुको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा अहिले छिमेकी चीन अमेरिकाको व्यापारिक कारबाहीमा परिरहँदा भारतलाई पनि आफ्नो अर्थतन्त्रमाथि संकट आइलाग्ने डर रहेको छ । त्यसकारण भारतले रुसलाई आफ्नो कुशल व्यापारिक मित्र बनाउन जरुरी ठानेको बताइन्छ । त्यसैगरी ट्रम्प प्रशासनले आणविक सम्झौताबाट पछि हट्दै ईरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका छन् । यसले पनि भारतीय लगानीलाई संकटमा पार्दै तेलको आयातमा गम्भीर असर गर्न सक्ने सम्भावना रहेको छ । यसकारण पनि रुससँग राम्रो कूटनीतिक सम्बन्ध कायम गर्नु भारतका निम्ति अत्यन्तै जरुरी मानिएको हो ।

त्यस्तै पछिल्लो पाँच वर्षमा भारतले अमेरिकाको तुलनामा रुसबाट ६२ प्रतिशत हतियारहरु प्राप्त गरेको छ । पाकिस्तान र चीनसँगको लगातार विवादका कारण पनि भारतले विगत केही समयदेखि धेरै हतियार जम्मा गर्न आवश्यक ठानिरहेको बताइन्छ । तर ईरानमाथिको प्रतिबन्धपछि रुस र भारतबीचको यो सम्झौतामा समेत नयाँ अवरोध आउने भएपछि भारत झन् चिन्तित बनेको हो । उता बाहिरीतर्फ रुस र भारतबीचको सम्बन्ध प्रगाढ देखिएपनि आन्तरिक रुपमा धेरै समस्याहरु आइरहेको बताइन्छ । पछिल्लो समय रुस पाकिस्तान र चीन दुवैसँग नजिक हुँदै गएकाले पनि यसको प्रभाव बिस्तारै भारतसँगको सम्बन्धमा परिरहेको बताइएको हो । तरपनि सकारात्मक सन्देश दिँदै मंगलबार मोदीले पुटिनसँगको भेट अत्यन्तै उपलब्धिमूलक भएको उल्लेख गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  ०५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC