site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ईरानमाथि ‘अहिलेसम्मकै कडा प्रतिबन्ध’ लगाउने अमेरिकी संकल्प
Ghorahi CementGhorahi Cement

बीबीसी । अमेरिकाका विदेश मन्त्री माइक पाम्पियोले ईरानमाथि अमेरिकाले ‘अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने बताएका छन् । ईरानका विदेश मन्त्री जवाद जरीफले पाम्पियोको भनाईको आलोचना गरेका छन् । 

वाशिंगटनान माइक पाम्पियोले खोरिमी नीतिहरुका बारेमा जानकारी दिँदै कडा प्रतिबन्ध लगाइएपछि ईरानले आफ्नो अर्थ व्यवस्था जोगाउन सघर्ष गर्नु पर्ने बताए । 

Agni Group

उनले भने, “ईरानको आक्रामक शैली रोक्नका लागि पेन्टागन र क्षेत्रीय सहयोगीहरुका साथ मिलेर काम गर्छौं ।’’ यो महिनाको शुरुआतमा नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ईरानका साथ २०१५ मा भएको परमाणु सम्झौताबाट हात झिकेका थिए । 

‘प्लान बी’

Global Ime bank

अमेरिकाका विदेश मन्त्रीको हैसियतमा विदेश नीतिलाई लिएर आफ्नोे पहिलो भाषणमा पाम्पियोले इस्लामिक गणतन्त्रसँग भिड्न ‘प्लान बी’ को घोषणा गरे । उनले ईरानसँग नयाँ सम्झौताका लागि १२ शर्तहरु पनि अघि सारेका छन् । ती शतहरुमा सीरियाबाट सैनिक फिर्ता बोलाउनु पर्ने र यमनमा विद्रोहीलाई समर्थन नगर्नु पर्ने उल्लेख छन् ।

के हुन्छ प्रतिबन्धको असर

बीबीसीले अमेरिकाको ‘प्लान बी’ प्रतिबन्धका माध्यमबाट ईरानमाथि दबाव सिर्जना गरेर तेहरान सरकारलाई नयाँ सम्झौतामा सहभागीताका लागि बाध्य पार्नु रहेको बताएको छ । यसले ईरानको परमाणु गतिविधिमाथि मात्रै दबाव नभएर उसको मिसाइल परियोजना र क्षेत्रमा उसको रवैयामाथि पनि असर पर्ने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  ०४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC