site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
चिनियाँ लगानीसँग किन हच्किन्छ अमेरिका ?
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकामा बढ्दो चिनियाँ लगानीले ट्रम्प प्रशासनको चिन्ता बढाएको छ । यसैकारण अमेरिका विदेशी लगानीसँग सम्बन्धित नियमहरुलाई कडाई गर्ने बारेमा विचार–विमर्श गरिरहेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । 
तर परिवर्तनबाट विदेशी लगानीमा कमी आउने र जागिरहरु प्रभावित हुने खतरा देखिएको छ । 

ग्रेटर सिनसिनाटी चाइनीज च्याम्बर अफ कमर्सका कार्यकारी निर्देशक लिओ चान भन्छन्, “चिनियाँ लगानी छ, यहाँ कम्पनीहरु खरिद भइरहेका छन् । प्mयाक्ट्री र रेस्टुराँ खुलिरहेका छन् । जसका कारण क्षेत्रमा जागिरको बढोत्तरीमा सहयोग पुगिरहेको छ ।’’ 
अमेरिकाको ओहियो सहरमा रहँदै आएका चानलाई विदेशी लगानीप्रति आशा बढेको समाचारमा जनाइएको छ । उनले यसअघि विदेशी प्रतियोगिता र वित्तीय संकटका कारण त्यहाँको निर्माण क्षेत्र नराम्रो अवस्थाबाट गुजे्रको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ अर्थ व्यवस्थाबाट चुनौती

अमेरिकी सरकार चिनियाँ लगानीमाथि निगरानी गरिरहेको छ । उसले विदेशी लगानीलाई नियनत्रण गर्नका लागि नियमहरुमा कडाई गर्ने काम गरिरहेको छ । 

Global Ime bank

यद्यपि यसबाट अमेरिकाका दुई प्राथमिकताहरु, नौकरी र राष्ट्रिय सुरक्षाबीच एक–आपसमा टकराव आउने देखिन्छ । धेरै जसो कम्पनीहरु र कानून निर्माताहरुले नियममा कडाई गरिए पछाडि हट्ने चेतावनी दिएका छन् । 

तर, नेताहरुको मान्यता केही भिन्न छ । बढ्दो प्रविधि र चीनको अर्थव्यवस्थाबाट उत्पन्न चुनौतीहरुका कारण नियममा परिवर्तन आवश्यक रहेको उनीहरुको भनाई छ । 
https://www.bbc.com/hindi/india-44198893

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  ०६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC