site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘आईपीएल मेरा लागि नेपाललाई चिनाउने मौका थियो’
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने मंगलबार अपरान्ह स्वदेश फिर्ता भएका छन् । दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलका सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आगामी आईपीएलमा आफु लगायत अन्य नेपाली क्रिकेट खेलाडीलाई देख्ने सपना रहेको बताए ।

सन्दीपले आईपीएलमा दिल्लीबाट अन्तिम ३ खेलमा लगातार खेल्दै ५ विकेट लिएका थिए । उनले विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध बलिङ गरेका थिए । कुनै स्टार खेलाडी जतिकै चर्चामा रहेका सन्दीपले विमानस्थलमा पत्रकारहरूसँग गरेको कुराकानीको संपादित अंशः 

मेरो लागि एउटा अविस्मरणीय यात्रा थियो आईपीएल । एकदमै रमाइलो भयो । धेरै कुरा सिक्न पाएँ । एउटा राम्रो अवसर पाएको थिएँ मैले । त्यो सदुपयोग गरेँ जस्तो लाग्छ । 

Agni Group

अझै पनि धेरै कुराहरू सिक्न बाँकी नै छ जस्तो लाग्छ । आईपीएल मेरा लागि नेपाललाई चिनाउने मौका थियो । चिनाउन सकेँ त्यसमा म एकदमै खुसी छु । अब आउने वर्षमा जुन अर्को सिजन हुन्छ, त्यसमा म लगायत नेपाली क्रिकेट खेलाडी सबैजनालाई देख्न पाउँ ।

कहिले पनि सिधै मौका पाइँदैन । किनभने दुई जना लेग स्पिनर पहिले नै थिए । एकजना टेष्ट खेलाडी अर्को ब्याट्सम्यान स्पिनर । त्यसले गर्दा मौका कम थियो । मेरो लागि मौका के थियो भने त्यहाँ गएर नेटमा भए पनि ठूला खेलाडीहरूसँग खेलिरहेको थिएँ ।

Global Ime bank

हाम्रो टिम दिल्ली डेयरडेभिल्सले ११ खेल खेलिसकेपछि हारसँगै आईपीएलबाट बाहिरिइसकेको थियो । त्यसपछि मलाई एउटा खेलमा मौका दिईएको थियो । त्यस खेलमा मैले राम्रो खेलेँ । त्यसपछि थप २ खेल पनि खेल्न पाएँ । त्यसमा पनि राम्रो गरेँ । ममाथि मात्रै भर पर्दैन । 

किनभने नेपाली क्रिकेटको जुन संरचना छ, त्यसलाई नै अगाडि बढाउनुपर्छ । त्यसका लागि नेपाल क्रिकेट संघमा जोडिनुभएका पदाधिकारीले आफ्नो जिम्मेवारी लिनुपर्छ । त्यो अनुसारले अब जति पनि हाम्रो घरेलु प्रतियोगिता छ त्यसलाई अगाडि बढाउनुपर्छ । अब नेपाल क्रिकेट धेरै नै अघि जानेछ ।

जुन तरिकाले हामीले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएका छौं । त्यसको सदुपयोग गर्नुपर्छ । राम्रा राम्रा खेलाडी आउने वर्षमा पाउनेछौं । किनभने हामीसँग प्रतिभा धेरै छ । मभन्दा पनि सिनियर दाईहरू हुनुहुन्छ, मभन्दा पनि धेरै राम्रो हुनुहुन्छ । आउने समयमा पनि धेरै युवा खेलाडीहरू आउनुहुन्छ उहाँहरूलाई पनि ‘गुड लक’ । 

हाम्रो अनुभव र स्तर हुन्छ क्रिकेटको । हामी अहिलेसम्म एसोसिएट स्तरमा क्रिकेट खेलिरहेका छौं । त्यहाँको अनुभवी खेलाडीसँगको खेलमा र यहाँ एसोसिएट खेलमा अलिक फरक हुँदोरहेछ । सोचेजस्तो हुँदैन सधैँ पनि र हामीले पनि नराम्रो गर्न चाहँदैनौ । खेलमा फेरि हामी फर्कियौँ र मुम्बई इन्डियन्सलाई पनि हरायौं । हाम्रो अन्तिम खेल एकदम राम्रो थियो । 

फेरि अर्को अवसर पाएको छु र विश्व एघारमा पर्नु ठूलो कुरा हो । त्यहाँ पनि प्लेयिङ इलाभेनमा पाएँ भने आफुलाई प्रमाणित गर्ने र नेपाललाई गौरव बनाउने कुरा सोचिरहेको छु ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC